झण्डै ४ केजी अफिम बरामद


इलाका प्रहरी कार्यालय कोहलपुर झण्डै ४ केजी अफिम सहित दुई जना पक्राउ परेको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन मल्लले गोपाल रोकाय र लेखराज विष्टलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

आइतबार विहान बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी ब्यारेक अन्तर्गत रहेको नेपाली सेनाले चेकिङ गर्ने क्रममा छिन्चुबाट नेपालगन्ज तर्फ आउँदै गरेको भे ७ प ८६७७ नं. को मोटरसाइकलमा सवार जाजरकोटका रोकाय चेकपोष्टबाट जंगल तर्फ भागेपछि नेपाली सेना, बाँके राष्ट्रिय निकुन्ज तथा इप्रका चिसापानी बाँकेको टोलीले रोकायले छाडेको झोला फेला पारेको थियो ।

इप्रका कोहलपुरका प्रमुख मल्लले झोलामा ३ केजी ८ सय ग्राम अफिम फेला परेको बताएका छन् । भागेका रोकाय समेत पक्राउ परेपछि मोटरसाइकल चालक लेखराज विष्ट रहेको खुलेको थियो ।
इप्रका प्रहरी प्रमुख मल्लले विष्टको खोजीमा जुटेको प्रहरी टोलीले कोहलपुर–१२ चप्परगौडीबाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । मोटरसाइकल भने नेपालगन्ज–४ बसपार्कबाट फेला परेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया