इरिक्सालाई सूचिकृतका लागि १५ दिन


नेपालगन्ज उपमहानगरपालिकाले यसअघि इरिक्सा सूचिकृत गर्नका लागि सूचना जारी गर्यो तर, अपेक्षित रुपमा इरिक्सा सूचिकृत भएनन् । ट्राफिक प्रहरीले इरिक्सा चालकलाई प्रशिक्षण समेत दियो, उपमहानगरपालिकासँगको समन्वयमा । इरिक्सा सम्बद्ध गठित संघले समेत दर्ता तथा प्रशिक्षण लगायतमा समन्वय गर्दै आएको छ, चोकचोकमा संघ सम्बद्धले चालकहरुलाई उपमहानगरपालिकाको कार्यविधि सम्झाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका इ–रिक्साहरुलाई साउन १५ गतेभित्र सूचीकृत हुन पुनः आव्हान गरेको छ । इ–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासंग सोमबार गरिएको छलफलमा यही साउन १५ गतेभित्र सबै इरिक्साहरुलाई सूचीकृत गर्ने निर्णय भएको हो ।

इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा सरोकारवाला सहभागितामा छलफल भएको थियो ।

नगर प्रमुख प्रशान्त विष्टले इरिक्साको व्यवस्थापनमा सरोकारवाला सबै गम्भीर हुनुपर्ने बताएका थिए । उनले स्थानीय तहको प्रयासले मात्रै व्यवस्थापन सहजै नहुने उल्लेख गर्दै सबैले भूमिका महत्वपूर्ण रहेको बताएका थिए । ‘ट्राफिक व्यवस्थापन आवश्यक भैसकेको छ’, उनले भने, ‘अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने छ ।’ बताउनुभयो । उपप्रमुख कमरुद्दिन राईले इरिक्साको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले इरिक्सा नगरको ट्राफिक व्यवस्थापनका लागि निकै चुनौति भएको भन्दै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले ट्राफिक व्यवस्थापनका सन्दर्भमा लिखित प्रस्ताव समेत उपमहानगरपालिकालाई बुझाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया