खजुराको क्यान्सर अस्पताल र हाम्रो उत्तरदायित्व

स्वास्थ्य सवैको निम्ती अपरिहार्य विषय हो । स्वस्थकर भोजनका साथै स्वस्थ जीवनशैलीले सवैमा सकारात्मक उर्जा प्राप्त गर्दछ । हामी स्वस्थ रहनको लागि चाहिने आधारभुत कुराहरु के के हुन हामीलाई जानकारी प्राप्त भयो भने जीवन जिउन केहि सजिलो पक्कै पनि हुने छ । स्वास्थ्य आफैमा जटिल विषय हो । स्वास्थ्य सम्वन्धि सुक्ष्म कुराहरु स्वास्थ्य सम्वन्धि विज्ञहरुले ब्याख्या गर्लान तर हामी जसरी बांची रहेका छौं के यहि नै पूर्णता हो ? विषय गम्भीर छ । सामान्य जनता जसले प्राणघातक रोग संग लड्न ब्यक्तिगत तरिकाले आर्थिक अभावको सामना गरे, थुप्रै कठिनाई संग जुध,े अस्वस्थ अवस्थामा पनि जीवन निर्वाह गरे र जीवनलाई धकेले तिनिहरुका पनि आफ्नै ब्याख्या गर्न नसकिने पिडा होलान ।

सामाजीक स्वरुपबाट हेर्दा तिनी विषय दर्दनाकर पिडादायी छनकिन भने हामी लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत छौं तर स्वास्थ्य प्रति सरकार त्यति जिम्मेवार छैन । हामी राज्यले हाम्रो स्वास्थ्यको रेखदेख गरोस् भन्ने अपेक्षा राख्दछौं तर विडम्वना राज्यको प्राथमिकतामा स्वास्थ्य जस्तो संवेदनसिल विषय पर्दैन । कहिले काहीँ प्राथमिकतामा राखेर योजना बने पनि कार्यान्वयनको समयमा दुई कदम पछाडि नै सर्दछ । हाम्रा दुर दराजका जनताहरुको स्वास्थ्यमा के समस्या छ र कसरी ति समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा न सरकार संवेदनशिल छ न त राजनैतिक पार्टी नै । अव मध्य वर्षा लागीसकेको छ पुरानो वजेट यहि आर्थिक वर्षमा कसरी सिध्याउने भन्ने विषयमा दौडधुप देखिन्छ । हाम्रो देशको उच्च पहाडि भेग र मध्य पहाडि भेगमा प्राणघातक रोगले जनता कति प्रताडित छन र कसरी जनतालाई स्वास्थ्यमा पहुंच पुर्याउन सकिन्छ भन्ने विषयमा कुनै प्रगती भएको देखिंदैन । राज्यले प्राणघातक रोग भनि किटान गरेका रोगहरु न्युनिकरण गर्न के के कार्यक्रम सञ्चालन भयो र कति सफलता प्राप्त भयो र बाँकी कार्यभार के के हुन भन्ने विषयमा कतै वहस भएको सुनिंदैन । म हाम्रो क्षेत्रकै सुगम भनेर चिनिने बांके जिल्लाको खजुरा क्षेत्रमा बसोबास गर्दछु । स्वास्थ्य क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार छन् । तर पनि सफलताका साथ सञ्चालन गर्न सकिएको छैन । प्राणघातक रोग क्यान्सर संग लड्न र स्वास्थ्यमा सुधार ल्याउनको लागि सवैको सहयोगमा खजुरा क्यान्सर अस्पतालको निर्माण भएको छ । अपुरो भौतिक पूर्वाधार र आर्थिक अभावका कारण जेनतेन चलिनै रहेको यस अस्पतालको विषयमा थोरै भएपनि केहि लेख्ने जमर्को गरिएको छ ।


१) जनताप्रतिको उत्तरदायित्वमा राज्यको उपेक्षा ः राज्य एउटा समग्र प्रणाली हो । मानिसको शरिर संग तुलना गर्दा हामी टाउकाको संज्ञा दिन्छौं । कसैले हाम्रो टाउकोमा हान्न खोज्यो भने शरिरका अन्य अवयवहरु चलमलाउँ छन् । जस्तै हात माथी उठनु , आंखा झिम्कनु ,शरिर झुक्नु त्यसैगरि राज्यले गर्ने निर्णयले राज्यका अन्य अंगहरु सलबलाउन पुग्छन । खजुराको क्यान्सर अस्पताल विशिष्ठ पहिचान बोकेको संस्था हो । यस अस्पतालको मैले ब्याख्या गरिरहनु पर्दैन । राज्य जनताप्रति उत्तरदायी हुने हो भने राज्यका अन्य अवयवहरुको संचालन गरि बर्षमा दशौं हजार बिरामीको उपचार गर्न सकिन्छ । हिजो जब यसको परिकल्पना गरियो हाम्रा थुप्रै अपेक्षा थिए । त्यसै अपेक्षा अनूरुप सवैले आफ्नो हैसियत अनुसार सहयोग गरे, कसैले अग्रभागमा बसेर काम गरे, कसैले पृष्ठ भागमा । सवैको साझा उदेश्य अस्पताललाई सुविधा सम्पन्न बनाउने र बिरामीको सेवा गर्ने नै हो । यस महान कार्यमा सहयोग गर्ने सवै धन्यवादका पात्र हुन् । यति ठुलो भौतिक संरचना हँुदाहँुदै पनि आशातित सफलता हासिल गर्न सकिएको छैन । जनस्तरबाट साधन र स्रोतको उपलब्धता हुन कठिनाई हुन्छ भन्ने हेतुले गठन आदेश मार्फत सरकारले ब्यवस्थापन समिती निर्माण गर्ने र वजेट विनियोजन गरि आर्थिक सहयोग गर्ने शर्त तत्कालीन अवस्थामा गरिएको हो तर जब संचालन गर्ने र बिरामीको सेवालाई सुचारु गर्ने अवस्था आयो न प्रर्याप्त मात्रामा बजेट विनीयोजन भएको छ, नआवश्यक जनशक्ति नै छ, नविशेषज्ञ डाक्टरको दरबन्दी नै छ, न सुविधायुक्त जांच गर्ने मसिन नै छ, न प्रयाप्त मात्रामा कर्मचारीको दरवन्दी नै स्वीकृत गरिएको छ । यस्तो अवस्थामा कसरी अस्पताल संचालन गर्न सकिन्छ । जनतन उपलब्ध साधन र श्रोतको परिचालनबाट सक्दो सेवा प्रवाह भएको छ र सेवाग्राहि लाभान्वित भएका पनि छन् अस्पताल प्रशासनले गरेको कार्य सह्रायिन छ । संघीय मन्त्री, प्रदेश मन्त्री र स्वास्थ्य सचिव एवं अन्य निकायका उच्च पदस्थ पदाधिकारीहरु आएर ठुला ठुला भाषण गर्छन् र आश्वसन बाँढ्छन तर तिनी भाषण र आश्वसन त्यत्तिमै सीमित भएको छ । यदि जनता प्रति राज्यको उत्तरदायित्व यहि नै हो भने लोककल्याणकारी राज्यको नयाँ परिभाषा खोज्नु पर्दछ होइन भने सरकार गम्भीर हुनु पर्दछ ।

२) जनप्रतिनिधि र स्थानीय सरकारद्वारा ठोस पहलकदमीमा कमी ः जनप्रतिनिधि चाहे संघको होस चाहे प्रदेशको होस चाहे जुनसुकै राजनैतिक पार्टीबाट टिकट लिएर जितोस सबैले जनताकै काम गरेको वकालत गर्दछन् । समग्र देश प्रति माननीयहरुको चिन्ता हुनु स्वभाविक नै हो तर पनि आफ्नो स्थानीय भुगोल, स्थानीय घटना, स्थानीय परिवेश र स्थानीय समाजका मुद्दाहरुमा हामी बढी चनाखो हुने गर्दछौं । हाम्रा जनप्रतिनिधिले हाम्रो स्थानीय भुगोलमा जे जति काम गर्नु भयो त्यसले विकासमा थप योगदान पुर्याकै छ । तर देशकै एउटा गौरवशाली इतिहास बोकेको यस क्यान्सर अस्पतालको विकास र संचालनमा जे जति भूमिका खेल्नु पर्ने हो सो हुन सकेको छैन । सरकार फेरवदल भइनै रहन्छन् । जुन पार्टीको सरकार भएतापनि जनप्रतिनिधि भनेको जनताको सुख दुःख हेर्ने र स्थानीय समस्या बुझ्ने सहयात्री हो उसले आफ्नो जिल्ला र गाउंघरको विषयमा चासो राख्नु पर्दछ र अगाडी बढन् पहलकदमी लिन सक्नु पर्दछ । अस्पतालका ब्यवस्थापकिय समस्या, प्रशासनिक समस्या, आर्थिक समस्या एवं अन्य भौतिक पूर्वाधारका समस्याका विषयमा तत् सम्बन्धित प्रमुखहरु संग जानकारी लिन सकिन्छ । हामी जनप्रतिनिधिमा धनी छौं किन भने जिल्लाकै धेरै माननीयहरु खजुराबाटै प्रतिनिधित्व गर्नुहुन्छ तर पनि खजुराको शानको रुपमा रहेको यस अस्पतालले गति लिन सकेको छैन । भक्तपुरको क्यान्सर अस्पताल, चितवनको क्यान्सर अस्पतालमा जुन प्रकारले प्रविधिमा सुविधा सम्पन्न छ सो हाम्रो अस्पतालमा हुन सकेन । स्थानीय सरकारको तर्फबाट पनि विगतको कामलाई निरन्तरता दिदै थप कार्य गर्न पहल लिनु पर्दछ । सरकारले गठन आदेश मार्फत संचालन गरेको यस अस्पताल स्रोत र साधनको लागि जति हकदार हो सवै खोसिएका छन् । हाम्रा केन्द्रीय जनप्रतिनिधि र स्थानीय सरकार गम्भीर हुनु पर्दछ ।

३) राजनैतिक पार्टीद्वारा ईमान्दारीपूर्ण प्रयासमा कमीः निश्चित राजनैतिक पार्टीले निश्चित विचारको प्रतिनिधित्व गर्दछ । हामीले बहुदलीय ब्यवस्था अंगिकार गरेका छौं । फरक राजनैतिक पार्टीका फरक विचार भएतापनि सबैको अन्तिम ध्येय भनेको सबै नेपाली जनताको जीवनमा सकारात्मक सुधार ल्याउनु नै हो । विचार, सिद्धान्त, राजनीति, र संगठनमा पार्टीगत झगडा होला तर राष्ट्र, राष्ट्रियता र जनताको जीवनस्तर उकास्ने विषयहरुमा एकमत हुनु पर्दछ । शिक्षा, स्वास्थ्य र विकास निर्माणमा झगडा गर्ने हो भने हाम्रो क्षेत्र अझै पछाडि पर्ने नै छ । विगतमा हामीले चाहे बहुदलीय ब्यवस्था स्थापनाका निम्ती होस चाहे लोकतन्त्रको प्राप्तीको निम्ती होस चाहे गणतन्त्र प्राप्तीको निम्ती होस एकिकृत भएर नै अगाडि बढ्ने संस्कार निर्माण गर्न सफल भयौं, त्यसै गरि विकास निर्माणमा पनि सो संस्कार लागु गर्न सक्नुपर्दछ । शिक्षा र स्वास्थ्य अझै महत्वपूर्ण विषय हुन् । जनताको चेतना निर्माण गर्ने, जनताको आवाज बुलन्द पार्ने र समस्यालाई उजागर गरि संस्थागत रुप दिने काम राजनैतिक पार्टीको हो । त्यसैगरि खजुराको क्यान्सर अस्पतालको विषयमा सवै राजनैतिक पार्टीले एकिकृत धारणा निर्माण गरि घोषणा पत्र जारि गर्न सक्नु पर्दछ र सरकारलाई दवाव दिन सक्नु पर्दछ, खबरदारी गर्न सक्नु पर्दछ । हाम्रो जिल्लाका माननिय सांसदहरुले संयोजनकारी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । अनि मात्र यस अस्पतालको अग्रगामी विकास र प्रभावकारी सेवा उपलब्ध हुन सक्दछ । राजनैतिक पार्टीले केवल ब्यस्थापकीय पदमा जानकै लागि मात्र हानथाप गर्ने प्रवृतीले विरामीको सेवा हुँदैन । राजनैतिक स्वार्थ पुरा गर्न मात्र ब्यवस्थापन पक्षलाई दवाव दिने र अस्पताललाई भौतिक रुपमा साधन र श्रोत सम्पन्न गराउन पहलकदमी नलिने हो भने विगतको विरासत समेत ओझेलमा पर्ने निश्चित नै छ । तसर्थ सवै राजनैतिक पार्टीका जिम्मेवार नेताहरुले गम्भीर समिक्षा गरौं र इमान्दारीपूर्वक भुमिका निर्वाह गरौं । गर्भमा रहेको बच्चालाई आमाले सुरक्षा गरे जस्तैअस्पताललाई साधन श्रोत सम्पन्न गराउनपहल लिने काम राजनैतिक पार्टिको हो बेलैमा नसोच्ने हो भने पछि परिन्छ ।

४) स्थानीय वुद्धिजीवीको रचनात्मक सुझाव र स्वास्थ्यमा संवेदनशिलता ःअस्पतालको समग्र विकास कुनै एक पक्षको भुमिकाले मात्र पुर्ण हँुदैन सवै पक्षको भूमिका जरुरी हुन्छ । स्थानीय वुद्धिजीवीले यस विषयमा आफ्ना विचारहरु ब्यक्त गर्न सक्नु पर्दछ । आफ्ना धारणाहरु प्रवाह गर्न सक्नु पर्दछ र यर्थात कुरा बोल्न सक्नु पर्दछ । बुद्धिजीवीहरु राजनैतिक पार्टीका आवरणमा बसेर यर्थाथ कुरा नबोल्ने हो भने पार्टीका कार्यकर्ता र बुद्धिजिवीमा फरक हुँदैन । बुद्धिजीवीहरु पार्टीका कार्यकर्ता जसरी पार्टीगत कारवाहीको डण्डाले तर्सनु पनि पर्दैन । राजनैतिक पार्टीको झण्डा नबोके पनि आस्था र विचार कसैले खोस्न सक्ने विषय होइनन् । तसर्थ जुनसुकै विचार र आस्था राखेतापनि रचनात्मक सुझावमा कन्जुस्याई नगर्न अनुरोध गर्दछु । स्वास्थ्य एउटा संवेदनशिल विषय हो र राज्यले नै प्राणघातक रोग भनि ब्याख्या गरेको क्यान्सर जस्तो रोग संग लड्नको लागी बुद्धिजीवीको रचनात्मक सुझावले सकारात्मक उर्जा प्रदान गर्दछ । भौतिक रुपमा लड्नको लागि हामी संग आफ्नै ठाउँमा अस्पताल छ त्यसलाई कसरी साधन र श्रोत सम्पन्न गराउन सकिन्छ भन्ने हामी सबैले चासो राख्न सक्नु पर्दछ । हाम्रो अस्पतालको सर्वागिंण विकासका निम्ती ब्यवस्थापन गर्न आउनु भएका जुनसुकै राजनैतिक पार्टीका ब्यक्तित्व भएपनि खुल्ला हृदयले स्वागत गर्न सक्नु पर्दछ र आफ्नो जीवीका उपार्जन गर्न स्वास्थ्य सम्वन्धि सेवा रोजी यस कार्यालयमा सेवा गर्न आउनु भएका कर्मचारीलाई मन्द मुस्कानले स्वागत गर्न सक्नु पर्दछ । त्यसैले हामीले निर्वाह गर्ने सकारात्मक भूमिकाले सकारात्मक सन्देश प्रवाह गर्दछ र हाम्रा सन्ततिलाई विकासको नमुनाको रुपमा रहेको हाम्रो अस्पतालको इतिहास र हामी सवैको चाहना पुरा गर्न सघाउ पु्र्याउँछ । (लेखक गैरे अडिटर्स एशोसियसन बांकेका अध्यक्ष हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया