बिगत लामो समयदेखि र पटक पटक नेपालको अर्थतन्त्र र बैंकिंग प्रणालीमा देखिने र भोगिने समस्या बन्दै आएको छ तरलता, जसले सम्पूर्ण अर्थ व्यवस्थालाई नै तरंगित बनाइ राखेको अवस्था छ । कर्जा विस्तार गर्नको निमित्त बैंक संग पर्याप्त मात्रामा रकम नभएको भन्ने कुरा पनि बजारमा यत्रतत्र सुन्नमा आइरहन्छ । कर्जा बिस्तारको वर्तमान अवस्थाले बैंकिंग क्षेत्रलाई ठुलो प्रभाव पारेको छ जसले गर्दा बैंक बित्तिय संस्था ले धेरै ब्याजमा बजारबाट रकम उठाएर भए पनि मौजाद र कर्जा बीच सन्तुलन कायम राख्नु पर्ने अवस्था छ ।
के हो त तरलता ?
निक्षेप कर्ताले मागेको बखतमा नगद उपलब्ध गराउन सक्नु र कसैले ऋणको रुपमा लगानी मागेको बखत ऋण उपलब्ध गराउन सक्न्ने लगानी योग्य पूँजी नै तरलता हो । अहिले बजारमा देखिएको तरलता समस्या निक्षेप कर्ताको बचत दिन नसक्नु नभई कर्जा बिस्तार वा नयाँ कर्जा दिन बैंकहरु संग पर्याप्त मात्रमा रकम नभएको अवस्था हो ।
कता हरायो त लगानी योग्य पूँजी तरलता ?
कोभिड –१९ को महामारीले गर्दा धेरै क्षेत्रमा प्रभाव पर्यो र कतिपय ब्यवसायहरु बन्द हुने अवस्थामा सम्म पुगे त्यस बेला बैकिंग क्षेत्रमा पनि लगानी योग्य पूँजी थुप्रिन पुग्यो र बैंक बित्तिय संस्थाले तत्काल लाभ प्राप्त गर्न सक्ने गरि अनुत्पादक क्षेत्रमा थोरै ब्याजमा भए पनि कर्जा बिस्तार गर्दै जाँदा तरलता समस्या निम्तियो । बिस्तारै कोभिड –१९ को प्रभाव हराउँदै गयो र बजारमा बन्द सम्म हुने अवस्थामा पुगेका ब्यवसायहरु पुनः संचालन हुन थाले र कर्जाको माग पनि बढ्दै गयो । बैंक तथा बित्तिय संस्थाले धेरै नाफा आर्जन गर्ने उद्देश्यले पहिले नै बैंकिंग क्षेत्र बाट कर्जाको रुपमा ठुलो मात्रमा पैसा अनुत्पादक क्षेत्रमा लगानी गरि सकेको हुनाले वर्तमान अवस्थामा माग बमोजिम कर्जा दिन सक्ने अवस्था रहेन र बिस्तारै तरलता समस्या देखा पर्यो । राष्ट्र बैंकले तोकिदिएको स्प्रेड दर कायम गर्नु पर्ने भएकोले कर्जा बिस्तार गरेरै भएपनि धेरै भन्दा धेरै नाफा कमाउने होडबाजीमा बैंक तथा बित्तिय संस्थाहरु लाग्दा झनै तरलतामा चाप पर्न गयो । यद्यपी बैकिंग क्षेत्र धेरै नाफामुखी हुनु मात्र तरलताको समस्या भने होइन । विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्र भएकोले पछिल्लो करिब ७ – ८ महिनाको समयमा विप्रेषणमा आएको भारि गिरावट पनि तरलता को एक प्रमुख कारण हो ।
त्यसैगरि आयातमा आधारित हाम्रो अर्थतन्त्र जो गत वर्षको तुलनामा ठुलो मात्रमा आयात बढ्नु, सरकारले समयमा पूँजीगत खर्च (जुन अहिले सम्म ३०% मात्र) गर्न नसक्नु, यसैबीच पिरामिडमा आधारित नेटवर्क मार्केटिंग, क्रिप्टो करेन्सीहरुसंग सम्बन्धित हाईपर फण्ड जस्ता कोषमा लगानी हँुदा पनि केही मात्रमा क्यापिटल फलाइट हुन पुग्यो । समग्रमा भन्नु पर्दा यी सबैका मिश्रण नै तरलताको कारणहरु हुन् ।
असर
बिगत केही महिनादेखि देखिएको तरलता समस्याले भबिष्यमा बैकिंग क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमा नै असर पर्न सक्छ । सरकारले समयमा पूँजीगत खर्च गर्न नसक्नु, बैंक बित्तिय संस्थाले उत्पादन क्षेत्रमा कर्जा बिस्तार गर्न नसक्नुले आयातको मूल्यमा वृद्धि हँुदै जादा समग्र अर्थतन्त्रले नराम्रो समस्या भोग्न सक्ने अवस्था छ । चर्को ब्याज दरमा बजारबाट रकम उठाउँदा त्यसले बैंकको लागत बढाउने र त्यसको असर उपभोग स्तरमा पर्न जान सक्ने हुन्छ । साथ साथै अन्तराष्ट्रिय स्तरमा चलिरहेको युक्रेन र रसियाको युद्धले गर्दा पनि विभिन्न बस्तुहरुको आपूर्तिमा चाप पर्ने हुनाले पेट्रोलियम पदार्थ जस्ता बस्तुको मूल्य मा वृद्धि हुँदा त्यसको असर सम्पूर्ण अन्य क्षेत्रमा पर्दा मुद्रास्फिति (जो अहिले करिब ८ % मा रहेको छ) बढ्ने सम्भावना हुन्छ । अहिले मुद्रा स्फिति दर बढेर ८% पुग्नुमा पनि कच्चा पदार्थको खरिदमा मूल्य वृद्धि हुनु नै हो ।
के हो त मुद्रास्फिति ?
समय संगै कुनै पनि मुद्राको क्रय शक्तिमा गिरावट आउनु नै मुद्रास्फिति हो । अर्को भाषामा भन्नु पर्दा सर्बसाधारणले उपभोग गर्ने बस्तुहरु वा सेवाहरुको औसत मूल्यमा निरन्तर रुपमा वृद्धि हुनुलाई पनि मुद्रास्फिती भनिन्छ । केही बस्तुको मात्र मूल्य वृद्धि हुनुलाई भने मुद्रास्फिति भनेर मान्न सकिदैन, केही बस्तु वा सेवाको मूल्य घटिरहेको अवस्था रहँदा पनि यदि औसत बस्तु वा सेवाको मूल्यमा निरन्तर वृद्धि भैरहेको छ भने त्यस अवस्थालाई भने मुद्रास्फितिको अवस्था भनेर बुझ्न सकिन्छ । साधारण भाषामा कुनै पनि बस्तुको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु नै मुद्रास्फिति हो । ण्
सामान्यतया ःमुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यदि जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोहि वा सो भन्दा बढी अनुपातमा उत्पादन पनि वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीतिको अवस्था नआउन सक्छ । मुद्रास्फिति त्यति बेला मात्र सिर्जना हुन्छ जुन बेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी वृद्धिदर बढी हुन्छ ।
मुद्रास्फितिका कारण वा किसिम ?
माग प्रेरित मुद्रास्फीति : औसत बस्तु तथा सेवाको माग बढ्दै गएर, बस्तु तथा सेवाको मूल्यण्मा निरन्तर रुपमा वृद्धि आइ बस्तु तथा सेवाको मूल्य बढेको सो अवस्थाको मूल्य बढाईलाई हामी माग प्रेरित मुद्रास्फीति भनेर भन्छौ । मौद्रिक आम्दानीमा वृद्धि हुदा बस्तु तथा सेवा को माग बढ्न जान्छ तर सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । अन्तरिक उत्पादन धेरै नै न्युन भएको हाम्रो देशमा बस्तु तथा सेवाको माग बढी नै रहने र सो माग पूर्ति गर्न आयातमा भर पर्नु पर्ने हुन्छ । पर्याप्त मात्रमा आपूर्ति हुन नसक्दा बस्तु तथा सेवाको मूल्यमा वृद्धि हुदै गएको अहिलेको यस अवस्थाको मूल्य वृद्धिलाई हामी माग प्रेरित मुद्रास्फीति भनेर भन्न सकिन्छ ।
लागत वृद्धि मुद्रास्फीति : बस्तु तथा सेवाको उत्पादन लागतमा वृद्धि भई सो बस्तु तथा सेवाको मूल्य वृद्धि हुन्छ भने त्यसलाई लागत वृद्धि मुद्रास्फिति भनिन्छ । मूल्य बढेका कारण माग केही मात्रमा घटेपछि माग र आपूर्ति बीचमा असन्तुलनका कारण मूल्य वृद्धि सिर्जना भएको त्यस अवस्थालाई लागत वृद्धि मुद्रास्फिति भनिन्छ । पूँजी लागतमा वृद्धि हुनु, ब्याजदरमा वृद्धि हुनु, कच्चा पदार्थको मूल्यमा वृद्धि हुनु, ज्यालादरमा वृद्धि हुनु जस्ता विभिन्न कारणले गर्दा लागत वृद्धि मुद्रास्फीतिको अवस्था सिर्जना हुन्छ । अहिले हामिका देखिदै आएको मुद्रास्फीति को प्रमुख कारण पनि लगात वृद्धि मुद्रास्फिति नै हो ।
मुद्रास्फीति नियन्त्रण गर्ने उपायहरुः
–मौद्रिक उपाय ः मौद्रिकनीति द्वारा हामी मुद्राको मात्रालाई सन्तुलनमा राख्न सक्छौ । हामी कहाँ मौद्रिक नीतिको निर्धारण नेपाल राष्ट्र बैंकले गर्ने गर्दछ । विभिन्न मौद्रिक उपायहरु जस्तै बैंकदरमा वृद्धि, खुला बजार संचालन, नगद मौजादमा वृद्धि, मार्जिनमा वृद्धि जस्ता कार्यहरुबाट मुद्रास्फितिलाई नियन्त्रणमा राख्न सकिन्छ ।
–बिमुद्रिकरण द्वाराः मुद्रास्फितिलाई नियन्त्रण गर्ने एक प्रमुख कारण मध्यको एक बिमुद्रिकरण पनि हो । यदि सरकार मुद्रास्फितिलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेमा बिमुद्रिकरणको साहारा लिएर पुरानो मुद्राको ठाउँमा नयाँ मुद्रालाई ल्याउन सक्छ जसले मुद्रास्फितिको मात्रालाई नियन्त्रणमा ल्याउन अहम भूमिका खेल्छ ।
–आयातलाई घटाउनु ः आयातलाई घटाउदा देश भित्रको मुद्रा बाहिरिन नपाउने देश मै रहने भएकोले सरकारलाई धेरै मुद्रा छाप्नु पर्ने आवश्कता हँुदैन जसले गर्दा मुद्रास्फितिलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।
उत्पादनमा वृद्धिः आन्तरिक उत्पादनलाई बढावा दिन सरकारले न्युनतम समर्थन मूल्य घोषित गर्न सक्छ जसले गर्दा उत्पादनमा वृद्धि हुन्छ र बस्तुको मूल्य भाउ अधिक रुपमा वृद्धि हुन पाउँदैन ।
कालो बजारीलाई नियन्त्रणः मूल्य वृद्धिको अवस्थामा कालोबजारी बढ्ने सम्भावना हुन्छ जसलाई सरकारले अनुगमन गरेर बजारमा बस्तुको उपलब्धता बनाइ राख्छ जसले गर्दा बस्तुको मूल्य स्थिर रहन्छ ।
अन्य उपायहरुः
–करमा वृद्धि
–सार्बजनिक खर्चमा कमि
–उचित ज्याला नीति
–बचत गर्न प्रोत्साहन
–बजेट घाटामा कमि
मुद्रास्फीतिको स्थिति÷चरण ः
लक्षण तथा तिब्रताका अधारमा मुद्रास्फितिका धेरै चरणहरु हुने गर्दछन् ।
चलि रहेको मुद्रास्फीति जब सामान्य मूल्य स्तरमा धेरै नै ढिलो गतिले मूल्यमा वृद्धि आउँछ भने त्यसलाई हामी चलिरहेको मुद्रास्फिति भन्ने गर्छौ । चलि रहेको या दौडिरहेको मुद्रास्फीति जब सामान्य मूल्यमा ५ देखि १० % बार्षिक वृद्धि हुन्छ भने त्यस्तो वृद्धि लाई हामी चलिरहेको वा दौडिरहेको मुद्रास्फिति भन्छौ । यो अवस्था भनेको मुद्रास्फितिलाई दोहोरो अंकमा पुग्न नदिन सरकारलाई चेतावनीको संकेत पनि हुन्छ । हामी कहाँ अहिले चलिरहेको मुद्रास्फितिको चरण पनि यहि नै हो ।
उछाली रहेको मुद्रास्फीति जब सामान्य मूल्य स्तरमा तिब्र रुपमा वृद्धि हुन थाल्छ र सो वृद्धिदर बार्षिक १० देखि २० % मा पुग्छ भने त्यसलाई हामी उछाली रहेको मुद्रास्फिति भन्दछौ । यस खालको मुद्रास्फितिलाई निकै नै खतरा मानिन्छ ।
अति मुद्रास्फीति जब मुद्रास्फीतिको दर २० % भन्दा पनि माथि जान्छ भने त्यसलाई हामी अति मुद्रास्फीतिको स्थिति भनेर भन्न सक्छौ ।
अन्तमा नेपालको अर्थतन्त्रमा वा भनौ नेपालको बित्तिय प्रणालीमा तरलताको समस्या नौलो भने होइन । यस खालको समस्या हामीले बिगत कैयौ बर्ष देखि देख्दै र भाग्दै आएका छौ । यसपालीको तरलता समस्या भने पहिले को तुलनामा अलि बढी नै समय चलिरहेको अवस्था भने पक्कै हो । तरलताको समस्या र आयातमा आधारित हाम्रो अर्थतन्त्र भएकै कारण मुद्रास्फिति दिनदिनै उकालो लागि रहेको अवस्था छ । आशा गरौ दौडिरहेको मुद्रास्फितिको अहिलेको यस चरणबाट चलिरहेको मुद्रास्फितिमा ल्याउन सरकार चाँडै नै सफल हुन्छ भने यस अवस्थालाई सहज गराउनका निमित्त जनस्तरबाट पनि सहयोगी भूमिका रहनेछ ।