बजेट ल्याउन नरैनापुर असफल, अड्कियो कार्यपालिका बैठक

बाँके नरैनापुर गाउँपालिका आज असार १० गते अन्तिम समयमा पनि बजेट ल्याउन सकेन । कार्यपालिका बैठक अड्किएको छ, नीति कार्यक्रमको अत्तो पत्तो छैन । बजेट छुट्याउने प्रक्रिया बारे जानप्रतिनिधी सोच्न पनि सकेका छैनन् । कार्यपालिकाको बैठकमा विषयगत समिति बाँडफाँडमा विवाद उत्पन्न भएपछि अघि सरेको खिचातानी चुलिँदै गएको छ ।

मुख्य विवाद समिति बाँडफाँडमा देखिएको छ, बैठकमा सहभागी एक वडा अध्यक्षले भने, नेपाली काँग्रेसले कार्यपालिकामा बहुमत ल्याएपनि अल्पमतमा रहेको जनता समाजवादी पार्टीले बढि लाभ लिन खोजेकोले विवाद बढेको हो । कार्यपालिका बैठकबाट नीति कार्यक्रम आउनु पथ्र्यो, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने, नीति कार्यक्रम नै नआएपछि बजेट ल्याउन सकिएन । उनले गाउँसभाको हाल सम्म कुनै तयारी नरहेको समेत जानकारी दिए । सरकारले तोकेको मापदण्ड अनुसार सबै स्थानीय तहको सभा बढिमा असार १० भित्र सम्पन्न भएको हुनु पर्छ । तर नरैनापुर गाउँपालिका अझै कार्यपालिकाको विवादमा अडकिएको पाइएको हो ।

नरैनापुर देखि नेपालगन्ज सम्म पटक पटक बैठक बसियो तर कुनै विषय टुंगो लागेन, नेपाली काँग्रेसबाट नरैनापुर गाउँपालिका ४ नं.वडा अध्यक्ष मनोज कुमार शर्माले भने, मुख्य विवाद विषयगत समितिमा उत्पन्न भएको हो । हामी लगभग सहमति नजिक छौं, विवाद होइन छलफल नै भइरहेको छ, जनता समाजवादी पार्टीबाट २ नं.वडा अध्यक्ष मसूद अहमद शाहले भने, छलफलमा विषयगत समितिको बाँडफाँडमा अलिकति समय लागेको हो । हामी निरन्तर मिटिंगमै छौं, चाँडै विवाद समाधानको प्रयास भइरहेको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै नरैनापुर गाउँपालिकाका प्रशासकीय अधिकृत भरत बस्नेतले भने, खासगरि विषयगत समिति छनौटमा कुरो नमिलेको हो । उनले भने म अहिले पनि मिटिंगमै छु, केहि बेरमा विषयवस्तु स्पष्ट हुन्छ ।

नरैनापुर गाउँपालिकामा ६ वटा वडा मध्ये ४ वटामा नेपाली काँगे्रस र २ वटा जनता समाजवादी निर्वाचित भएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष समेत जनता समाजवादीकै रहेको छ । यद्यपि कार्यपालिकामा बहुमत सहित नेपाली काँग्रेस निर्वाचित भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया