नेपालगन्ज नगरसभामा विवाद

नेपालगन्ज उपमहानगरपालिकाको आज भैरहेको नगरसभामा नीति तथा कार्यक्रममा वडाध्यक्ष तथा सदस्यहरुसँग सुझाव नलिएको भन्दै सभामै विरोध गरिएको छ ।


वडाध्यक्ष तथा सदस्यहरुले नगरसभामा विरोध जनाएका हुन् ।

आफैले बनाउने र आफैले स्वीकृत गरेर हुँदैन’, जनप्रतिनिधिले भने, हामीसँग पनि सुझाव लिइनु पर्दछ ।
जनप्रतिनिधिको विरोध पनि नगर प्रमुख प्रशान्त विष्टले बन्दसत्रमा छलफल गर्ने बताएका थिए ।
वडाका जनप्रतिनिधिले जबर्जस्ती नीति तथा कार्यक्रम पास गर्न लागिएको भन्दै विरोध गरिरहेका थिए ।

‘नीति तथा कार्यक्रममा छलफल नै नगरी कसरी समापन गरियो सभा’ जनप्रतिनिधिले भने .

विवाद बीच नै नीति तथा कार्यक्रम पारित गरिएको छ । अर्को बैठक असार १५ गते ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आगामी आ.व. २०७९/०८० का लागि १ अर्ब ६५ करोड ७२ हजार ४ रुपैयाँको बजेट ल्याएको छ । ११औं नगरसभामा उपप्रमुख कमरुद्दिन राईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा नगरप्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम ल्याउँदै बागेश्वरी मन्दिरको विकासलाई समेटेका छन् । नीति तथा कार्यक्रममा १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाउने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया