‘न्यायको मन्दिर बसेर पाप गर्न पाईदैन’

वसन्त गौतम

कानून न्याय तथा संसदिय मामिला मन्त्री गोबिन्द शर्मा बन्दीले न्यायको मन्दिर बसेर पाप गर्न नपाइने बताएका छन् । आफ्नोे सम्मानमा बार एशोसिएसनले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कानून मन्त्री बन्दीले न्यायाधीशको न्यायरुपी मन्दिरको रुपमा अदालतमा बसेका न्यायाधीशको चित्त शुद्ध हुनु पर्ने बताएका थिए । केही न्यायाधीशको बारेमा न्याय परिषदमा उजुरी परेको भन्दै छानविन गरि गल्ती गर्नेलाई कारवाही हुने जानकारी दिए । न्यायाधीश नियुक्तिबारे टिप्पणी गर्दै न्यायाधीश बन्दीले प्रमाणपत्रधारी वकिल नामधारी ब्यक्ति न्यायाधीश नबन्ने बताए ।

नेपाल बार एशोसियसन नेपालगन्जका सस्थापक सदस्य समेत रहेका कानुनमन्त्री अधिवक्ता गोबिन्द बन्दी र नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेलाई उच्च अदालत बार एशोसियसन नेपालगन्जले मंगलबार सम्मान, बधाइ सहित भेटघाट कार्यक्रम गरेको थियो ।

सम्मान कार्यक्रममा बाँकेका कानून ब्यवशायीले निश्चित मापदण्डका आधारमा दक्ष र योग्य ब्यक्तिलाई न्यायाधीश नियुक्ति गरिनु पर्ने, न्याय क्षेत्रमा देखिएका बिकृती र बिसंगतीको अन्त्य गरिनु पर्ने, न्यायालयको गरिमा बढाउन आवश्यक पहलकदमी चालिनु पर्ने बताएका थिए ।

बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाहीको अध्यक्षता र नेपालगंज उच्च बारका सचिव पदम पाण्डेले संचालन गरेको स्वागत कार्यक्रममा बारका केन्द्रिय अध्यक्ष गोपाल कृष्ण अधिकारी र कानून मन्त्री गोबिन्द बन्दी समक्ष कानून ब्यवशायीको हकहित दक्षता अभिबृद्धि, न्यायालयमा देखिएका बिकृती र बिसंगतीको अन्त्य, न्यायमा आम नागरिकको सहज पहुँच र गुणस्तरिय न्याय सेवाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

नेपालगन्ज भ्रमणको क्रममा कानून मन्त्री बन्दीले जिल्ला तथा नेपालगंज उच्च अदालतका न्यायाधीशहरुलाई समेत भेटेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया