बाढीको कृत्रिम घटना अभ्यास

राप्ती नदीको सिधनिया घाटमा प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय, लुम्विनीको आयोजनामा सोमवार बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास गरिएको हो ।


कर्यक्रममा आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले विपद् प्रतिकार्यकालागि यस्तो अभ्यास निकै प्रभावकारी हुने बताए । मन्त्री शर्माले विपद्का काम गर्ने सवै सरोकारवालासंगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।


यसखालको आयोजनाले प्रदेश, जिल्ला तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन प्रभावकारी हुने मन्त्री शर्माको भनाइ थियो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य वहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका वखत हुने घाइतेको खोज तथा उद्धार, बेपत्ताको खोजी, घाइतेको प्राथमिक तथा मेडीकल उपचार विधिलाई अभ्यासमा देखाइएको थियो । रवर बोट, मोटर बोट, गोताखोर लगायतको प्रयाग गरी घटना अभ्यास गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।


सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास गरिएको
हो । ‘बाढीका बेला यो निकै दीगो र प्रभावकारी मानिएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया