बालेनलाई नेपालगन्जको निम्तो

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेपालगन्ज भ्रमणको निम्तो दिएका छन् । आज मंगलबार मेयर विष्टले बालेन्द्रसँग भेटवार्ता गरी नेपालगन्ज आउने औपचारिक निम्तो दिएका हुन् ।

‘अवसर मिलाएर आउने वचन पनि प्राप्त भएको छ’, मेयर विष्टले नेपालगन्जन्यूजसँग भने, ‘दुई पक्षीय हितका छलफल सकिएपछि नेपालगन्ज आउने निम्तो दिइएको हो ।’ विष्टका अनुसार, सरसफाईमा दाताको खोजीमा काठमाडौंका मेयरले नेपालगन्जका लागि पनि सहयोगका लागि समन्वय गरिदिने वचन दिएका छन् ।

मेयर विष्ट नेपालगन्जको विद्युत समस्यालाई लिएरु आजै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई पनि भेट्ने कार्यक्रम बनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया