खड्काको नेतृत्वमा होटल व्यवसायी संघ बाँके

होटल व्यवसायी संघ बाँके नेपालगन्जको अध्यक्ष पदमा रंगबहादुर खड्का सर्वसम्मत भएका छन् । यसअघि दुई प्यानलको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिइएपछि सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमले दिएको जानकारी अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा राम बहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेम बहादुर शाह, सचिवमा विष्णु प्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मी राजशाही, सहकोषाध्यक्षमा केशवकुँवर योगी सर्वसम्मत निर्वाचित भए ।

त्यस्तै, सदस्य पदमा विनोद श्रेष्ठ, धुम बहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दिपा वली सर्वसम्मत भएको निर्वाचन अधिकृत अधिवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया