राजनीतिक दोष साँध्नु हुँदैन

जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो तर कतिपय जनप्रतिनिधिहरु जनताको प्रतिनिधि हुन नसकि रहेको देखिएको छ । राजनीति दोषलाई निहुँ बनाउँदै जनताका कामहरुमा ढिला सुस्ती, अल्झाउनेदेखि दिएर भौतिक रुपमा नै प्रभावित पार्न खोज्नु राजनिति चरित्र नभएको मानिसको रुपमा लिन सकिन्छ । बाँकेमा आठ स्थानीयतहरु रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुर गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका रहेका छन् भने बाँकेमा ८१ वटा वडाहरु रहेका छन् ।

हरेक स्थानीय तह होस वा अन्य तहको निर्वाचन केही राजनीति आस्थाका जनताहरु रहेका हुन्छन् उनीहरुको काम नै आफ्नो राजनिति दलका नेता तथा उम्मेदवारलाई विजय गराउनु हो । यसरी हेर्दा प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन हँुदा राजनीतिक दलका कार्यकर्ताहरु केही सिद्धान्तको दास जस्तै हुन्छन् । उनीहरु तन, मन, धन सबै निर्वाचनमा आफ्नो उम्मेदवारलाई विजय गराउनु लागि परेका हुन्छन् । तर, यसलाई निर्वाचन पछि आएका जनप्रतिनिधिहरुले स्वभाविक रुपमा लिनु पर्दछन । तर, विडम्पना केही निर्वाचित जनप्रतिनिधिहरु आफु बाहेकको समर्थकहरुलाई नै सवालको रुपमा लिदै उनीहरुलाई राजनीति दोष लगाउँदै हरेक विषयमा हप्काउने, दब्काउने गर्ने गरेको केही उदाहरणहरु देखियो जसलाई निकै नराम्रो प्रचलन भित्रियो भन्ने सकिन्छ ।

कुनै पनि जनप्रतिनिधि विजय हुँदैमा अन्यलाई निषेधको राजनिति गर्दै अन्य राजनीतिक पृष्ठ बोकेका कार्यकर्ता पछिको रुप जनताको कामलाई प्राथमिकता भएतापनि प्राथमिकता नदिई आडना लिनु आफु मुर्ख हुनु र आफ्नो खुट्टामा बन्चरो हान्नु हो भन्न सहज तरिकाले सकिन्छ ।

निर्वाचित जनप्रतिनिधिहरुले आफुलाई निर्वाचनमा सहयोग नगरेको भन्दै सर्वसाधारणको काममा बाधा पार्नु पक्कै पनि एउटा गतिलो राजनितिज्ञमा हुने गुण होइन । वर्तमान अवस्थामा जोकोही पनि राजनितिक प्रभावबाट प्रभावित हुनु स्वभाविक हो तर त्यही प्रभावलाई लिएर स्थानिय निर्वाचन सकिएसगै आम जनतासँगको राजनितिक दोषलाई लिएर प्रतिक्रियामा उत्रिनु निर्वाचित जनप्रतिनिधिहरुको स्वाभाविक व्यवहार होइन ।

निर्वाचित भएर आएसँगै निर्वाचित जनप्रतिनिधिहरुले सबैलाई साथ लिएर राम्रा÷ राम्रा योजनाहरुलाई संकलन गर्दै अगाडि बढ्नुको विकल्प नभएको अवस्था हो । जनप्रतिनिधिहरुले निर्वाचन पछि प्रत्येक्ष होस वा अप्रत्येक्ष रुपमा आफ्ना पार्टिका कार्यकर्तालाई पाल्ने भाडोका रुपमा आफ्नो स्थानीय तह बनाउनु हुदैन भन्ने बुझ्नु जरुरी देखिन्छ ।
अरुले के गरे भन्ने भन्दा पनि आफुले के गरे भन्ने ? प्रश्नलाई सधै नै हृदयका साथ लिनु पर्दछ । अहिले निर्वाचित भएका जनप्रतिनिधि भनेको राजनितिक रुपमा पूर्ण विराम हो भन्न सकिदैन अतः आफ्ना कर्तव्यलाई सधै एकसाथ लिदै अन्य राजनीतिक यात्राको सुखत यात्राको परिकल्पना गर्दै जनकल्याणमा लाग्नु पर्दछ ।

निर्वाचन पछिका क्रियाकलापहरुलाई प्रतिस्पर्धामा आएका सबैलाई एकै ठाउँमा ल्याएर आफ्नो क्षेत्रको विकास तथा समस्या समाधानका लागि अगाडि बढ्नु पर्दछ नकी ‘पख’को राजनीतिलाई मुख्य विषय बनाउदै अगाडि बढ्नु पर्ने आवस्था ल्याउने ।
निर्वाचित जनप्रतिनिधिहरुले आफुले जितेको सबैको लागि हो । यसलाई सीमित गु्रप वा समुहको व्यक्तिगत स्वार्थलाई पुरा गर्न, आफु बाहेकका मानिसलाई ठेगान लगाउने प्रपञ्च बुन्दै अगाडि बढ्ने यात्रा नभएको रुपमा लिनु पर्दछ । आफ्नो राजनितिक भविष्यलाई सुनिश्चित गर्दै निर्वाचित हुना साथ कुनै छुटै गु्रपको नभै जनताको साथी बन्न सक्नु पर्दछ । निर्वाचित जनप्रतिनिधि भुई मान्छेको हुन सकेमा मात्रै जनप्रतिधि हुनुको सार्थकता मिलेको हुन्छ भनेर भन्दा खासै असर नपर्ला । निर्वाचित जनप्रतिनिधिहरु आफ्नो पार्टी, समर्थक तथा जनताको लागि हुनु हुदैन भन्नु खोजिएको होइन हो पार्टी तथा आफ्ना समर्थकहरुका लागि नै हो विजय भएको, आफ्ना कार्यकर्ताको मनबलका कारणले नै हो जनप्रतिनिधि हुन सकेको तर जनप्रतिनिधि हुना साथ आफ्नो भन्दा फरक विचार राख्ने सर्वसाधारण होस वा कुनै पनि तह र तप्काको होस ,उसको सम्मान गर्दै अगाडि बढ्नु पर्दछ भन्ने मात्रै हो ।

स्थानीय तह तथा आफ्नो क्षेत्रको विकासको बागडोरलाई सम्लाहल्दै सबैको सल्लाह सुझाव तथा सहयोगको बाटो स्पष्ट तथा फराकिलो बनाउँदै जानु पर्दछ । निर्वाचित जनप्रतिनिधिहरुलाई केही सिमित व्यक्तिले आफ्नो घेरामा राख्न अति नै कोशिस गर्ने गर्दछन तर यस्ता विषयबाट जनप्रतिनिधिहरु आफ्नो राजनीति भविष्यको लागि सधै टाढा भएर बस्न सक्नु पर्दछ । जनप्रतिनिधिका रुपमा आएकाहरु अहिले अग्नी परिक्षामा रहेको भनेर भन्न सकिन्छ त्यसमा खरो उत्रिन सके, स्वार्थ नभएको उत्तरदायित्वलाई महत्व दिदै अगाडि बढेमा निकै राम्रो राजनितिक भविष्य हुन जान्छ । आफ्नो अधिकारलाई खराब मान्छेको लागि पोषणको काम गर्न थालेमा पछि निकै गाह्रो अवस्था हुन जान्छ । जनता जनार्दन हुन जनले हाम्रोबारमा पुर्ण जिवनी बनाएर राखेका हुन्छन । अतः नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मेरो सुझाव सधै आम जनताको हुन सक्नु होला, सफल कार्यकालको हार्दिक शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया