अच्यूतराज सुवेदीको स्मृतिमा रक्तदान

यु्ुवा उद्यमी स्व.अच्युतराज सुवेदीको आठौं स्मृतिमा आइतवार नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेसँगको सहकार्यमा एमपी इन्टरप्राइजेज एण्ड सेटलमेन्ट प्रालिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रम संयोजक सुधीर गौतमका अनुसार, नेपालगन्जमा बढ्दो रगत अभावमा थोरै भएपनि योगदान गर्न अच्यूतराज सुवेदीको स्मृतिमा रक्तदान गरिएको हो । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आइतबार आयोजना गरिएको कार्यक्रममा २८ पुरुष र तीन महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।

एमपी इन्टरप्राइजेजका संस्थापक सुवेदीको विनाशकारी महाभुकम्पमा परेर निधन भएको थियो । उद्यमसँगै सामाजिक कार्यक्रमा सक्रिय उनको सम्मान र सम्झनामा अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल स्थापना गरिएको छ ।

प्रतिष्ठानले विभिन्न सामाजिक तथा सिर्जनशील गतिविधि आयोजना गरि अच्यूतको स्मरण गर्दै आएको जनाएको छ । ‘कोभिड महामारीपछि गतिविधिमा शिथिलता आएको छ,’ विस्तारै निरन्तरता दिइने जानकारी दिंदै प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया