कोभिडको कोलाहलले सिकाएको पाठ

प्रत्येक पल, घण्टा, साता महिना र वर्ष समयको चक्र सङ्गै गतिशील जीवनको उताव चढाव भइरहदा दोवाटोमा अनगिन्ती अवरोधका साथ–साथै गतिशील, परिवर्तन विचलित न भै चलिरहेको रहेछ । यो रङ्गमञ्चमा जीवन जीवित रहने कलालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अंगिकार गर्दै हिडिरहेको दौरानमा अतभूत जीवन अनुभूतिको विजारोपण भैइरहेकोमा गतिशीलता र समयको चक्र सँग भैरहने रहेछ । अनुपम गतिशीलता समयको चक्र सँगै हिडिरहने र अनुभवको संगालोले भरिपूर्ण हुदो रहेछ । यसै दौरानमा मेरो जीवनमा मैले देखेको सुनेको केही जीवन भोगाई र मैले प्राप्त गरेको ज्ञानलाई समेटी एक प्रेरणा स्वरुप पस्किने प्रयत्न गरेको छु ।

म दिनको मध्यानतिर यसो टोलाएर बसिरहेको थिए मनमा अनेकौ कुराहरुको हुण्डरी चलिरहेको थियो मुटुमा भय, त्रास र शंकाले राम्रोसँग डेरा जमाइसकेको थियो । सारा विश्व कोरोना (कोभिड–१९) का कारण थला परेको थियो । जसबाट उठ्न निकै कठिन थियो अझ आफूलाई शक्तिशाली भन्ने देशअरुले पनि नराम्रो सँग घुडा टेकेको देख्दा म मेरो देशलाई सम्झन्थे सामाजिक संजाल पत्रपत्रिका रेडियो जस्ता संचारका माध्यमको प्रमुख विषय हुने गर्दथ्यो जसले गर्दा मानव समुदायमा एक किसिमको भय र त्रासमय वातावरणमा समय व्यथित गरिरहेका थिए । हामी जस्ता सामान्य जीवनशैली चलायने व्यक्तिको केहि लाग्नेवाला थिएन । यस ठाउँमापनि विभिन्न मनकारी मनहरुले र संघस्थाले राहत वाडे पनि तर मानविय मूल्य र मान्यता अनुसार गरेको प्रत्यक्ष रुपमा खासै असल कार्यलाई असल मान्न पनि असहज अवस्थाको सृजना भएको देखियो तर जे होस असल अथवा परोपकारी कार्य भएको मान्न सकिन्छ थोरै भएपनि । दुःखेको मनलाई केहि सानत्वना प्रदान भएको अनुभव महसुस भयो । यस्तै यावत यावत कुराहरु सोचिरहेको थिए । मनमनै सोच्नबाहेक के नै गर्न सकिन्थ्यो र मलम पट्िट लगाउनलाई धेरै बस्तीहर थिए ।

मानवको जीवनमा पल–पलमा सामना गर्न नसक्ने आधि आयदा प्राकृतिक प्रकोपले तहस–नहस बनाउदा भगवानलाई जप्नु बाहेक अरु केही विकल्प मेरो आँखाले देख्दैन्थे यसै क्रममा अचानक मेरो आँखाको अगाडि असल मनहरुको मुहार देखिन थाल्यो । मानौ भारतीय टेलिश्रृङ्खलाको कुनै भारावाहिक हेरे जस्तै आँखाको अगाडि प्रत्यक एपिसोड अथति श्रृङ्खला नजर भै रह्यो , एक असल चरित्र आदर्श व्यक्तित्त्व एक समर्पित व्यक्ति मेरो दुई आँखा अगाडी एक कलाकार यस संसाररुपी रंगमञ्चमा एक सानो सहरको सानो कोठरी देखा परिन आहा ! स्नेहि व्यवहारीक ज्ञान भएकी एक असल आमा, असल गृहिणी, असल छोरी, असल पत्नी असल शिक्षिका, शैक्षिक ज्ञानले भरिपूर्ण साथै रुपमा पनि सुन्दर…।

यो टेलिश्रृङ्खलाबाट सहज अनुमान लगाउन सकिन्थ्यो र मलाई बुझ्न समय लागेन पनि….। मेरो दुई आँखा अगाडि विश्व कृतिमान भएको देशलाई नेतृत्व गर्ने यस महामारिको चपेटामा परेका थिए कोहि अलाप–विलाप गरेका थिए । विश्वनै इन्तु र चिन्तु भइरहेको थियो । विश्वमा नेतृत्त्व गर्ने व्यक्तिहरु प्नि निरिह भएको आँखा अगाडी देखियो…विश्वको अवस्था, मानविय मूल्य मान्यता र असल संस्कार पनि यस महामारीको अगाडि नतमस्तक भएको देखिन्थ्यो तर यी कुराले त्यस टेलिश्रृङ्खलाको पात्रलाई प्रभावित वनाएको थिएन ।

तत्कालीन अवस्थामा कोभिड–१९ का बारेमा धेरै किसिमका विचार आधार भएका र नभएका हल्लाहरु आईरहेका थिए । तर आत्मविश्वासले ओतप्रोत त्यस पात्रलाई प्रभावित पारेको थिएन । कुनै पनि जिम्वेवारिले मानिसलाई पूर्ण बनाउँछ भने जस्तै आत्माविश्वासले पूर्ण त्यस पारेको थिएन स–परिवारलाई हेरचाहको साथ–साथै दैनिन चर्चा आदर्श तरवले सम्पन्न भएको थियो । एउटा आदर्श नारी जस्ले घरको सबै कार्य समापन गरी विद्यालयमा गई अध्यापन गराउनु एक कुशल नारी एक सत पात्र।
यसैगरी अर्को पात्र पनि त्यस्तै थियो…यसै अलवा अन्यपात्रहरु प्नि सामिल थिए ।

खै, के भाको यस्तो
जीवन नै दुःख दायी होला जस्तो
सधै एकै किसिमको काम
हो सबैको यस्तै हो? हेर्नुन मेडम

वालवच्चा नानी बाबुलाई तयार गरेर्नु पर्ने…सफल जीवन कति कष्ठकर हुदो रहेछ । मेम सबैको यस्तै रहेछ, मेरो पनि एक्लै छोराछोरी तयार गर्न…..स्कूल जानै पर्ने । स्कूलमा पनि अनलाइन कक्षाको चर्चा छ खै के हो खै…
हो मेम ठिक भन्नु भयो, पहिले हामीले नै भन्ने गरेका थियौ मोवाईल फोन नचलाउने, ठुलो भएर मात्र चलाउने, तिम्रो उमेर पुगेको छैन भनेर हैन र सर

हो (मेम) कुरा त ठिक गर्नुभयो…कठिन छ तर असम्भव छैन कि कसो
खै मीस,शिक्षकहरुले व्यवहारिक रुपमा चलायौ भने सकिन्छ होला कि जस्तो लाग्दछ ।
हाम्रो सर पनि यस्तो अवस्थामा पनि स्कूल बोलाउनुहुन्छ…कम हो ।
मीस उपस्थिति त जनाउन पर्यो नि हैन र ?

हो मिस ठिक भन्नु भयो, हामी शिक्षक शिक्षिकाको जीवन हामीले जानेका कुरा हरुलाई सिकाउनु पर्छ बाँड्नु पर्छ । ज्ञान जति बाँड्यो त्यति फैलिन्छ र बालबालिकाहरुलाई वर्तमान परिवेशमा प्रतिस्पर्धा गर्न सहज हुन्छ हैन त?
हाम्रो सन्ततिका साथ साथै अरुको लागि पनि केहि सिकाउनै पर्छ …विद्यालयको अवस्था हेरेर अनलाइन कक्षा सुरु गराउनु पर्छ मीस हैन

सुरुको दिन त सजिलो थिएन ।
हामीलाई त असहज भै रहेको छ । विद्यार्थीलाई कस्तो होला फेरी पनि सरले भने अनुसार प्रयास गरौँ है सबै मिलेर गरे सफल किन न भैइएला नि सामुहिक प्रयासले…।
डाउनलोड गरी एक एक आपसमा मिटिङ् गरी सिकाई अभ्यास सुरु गर्र्यौ ।

Learning process always better and inspiring to the learner. It great happy moment of the learning life again.

सबैले अलि अलि गर्दा गर्दै जाने र सिके हाम्रो पनि सहभागिता देखायो…अनलाइन सिकाई कक्षा व्यवहारिक रुपमा गरियो । बैसाख महिनाको अन्तिम तिर कक्षा प्रथम चरणको शुरु गर्ने निधो भयो । सो बमोजिम कक्षा नौ कक्षा केहि दिन असल तरिकाले ३ ÷४ साता सम्म नेपाली शिक्षिकाले सहजताका साथ चलाएको देखियो । खुसी लाग्यो नयाँ बस्तुको अनुभूति जुन खुसी पैसासँग तुलना गर्न सकिंदैन ।

एक कुनै विद्यालयको व्यक्ति आएर मजाक गर्न पनि थाले…केही मानवहरुले प्रा.वि तहमा अध्यापन गराउने शिक्षिकालाई अपशब्द प्रयोग गरेको पनि सुनियो । तर सानो –तिनो हावा हुरिले हामीलाई विचलित बनाउन सकेन, स–साना अवरोध हरुलाई पन्छ्याउदै कक्षा संचालन जारी राख्यौ ।

नेपाल सरकारले स्पष्टरुपमा आफ्नो शिक्षा सम्बन्धि धारणा सार्वजनिक नगरर्या, कहिले अनलाइन कक्षा सुरु गर्न भन्ने त कहिले बन्द गर्न, शुल्क सम्बन्धि पनि आफ्नो स्पष्ट धारणा दिन नसक्दा अन्यौलको वातावरण सृजना भयो । धेरै आवश्यक कुराहरुले डेरा जमाइरह्यो अर्को बिडम्बना भनौ हामी छिमेकीको मुख ताक्नुपरेन उनीहरुको निर्णय एवम फैसलाको प्रतिक्षा गर्नु पर्ने आर्थिक क्रान्तिका खोक्रा भाषणमै सिमित रह्यो ।

यसै क्रममा कोरोना लागेका व्यक्ति एक मोडलको रुपमा सामाजिक संजालमा राम्रो सँग स्थान पायो । पीडित र मोडल प्रचारले गजबको संस्कृति मौलायो…असल होला आत्मा विस्वास बढाउन तर कसैको लागि त्यो मनोदशा विचलित गर्न पनि सक्यो होला कि ?

सधै परिवर्तन सन्दर्भ र विश्व कोभिड १९ महामारीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला त्यो हेर्न बाँकी नै छ । प्रतिक्षा गर्नुहोस् इतिहास र वर्तमानको संयोग र मिलन विगतमा पनि डरलाग्दा महामारी नआएका पनि होइनन् । समयसँगै यो प्रचार त गजब भयो…रहस्यमय भयो कोभिड १९ । फरक –फरक समाचार रहनुपर्ने…केहि नियमहरु प्रचारमा आए । गर्ने÷नगर्ने अन्योल नै रह्यो विश्व नै प्रभावित त्यस मध्यपनि जोखिमको क्षेत्रमा आफूलाई दिनरात समर्पित गर्ने व्यक्तिहरु नर्स स्वास्थ्य स्वयम सेवक, डाक्टर जस्ता व्यक्तिको सामान्य जनजीवन प्रभावित भएको देख्न सकिन्थ्यो । यसै क्रममा प्रचारमा आएका प्राथमिक स्वास्थ्य सम्बन्धी सूचनाहरु

१. दिनमा कम्तीमा पनि १० पटक साबुन पानीले २ देखि ३ मिनेट जति मिचिमिचि हात मुख धुने ।
२. अनिवार्य रुपमा मुखमा मास्क (मुखाला) लगाउनु पर्ने ।
३. समय समयमा तातो पानी पिउनुपर्ने र घाटी चिसो पारी रहनु पर्ने
४. बेसार, मरीज, अदुवा, गुर्जो, टिमुर जस्ता जडिबुटि मिश्रीत पानी पिउनु पर्ने ।
५. आत्माविश्वास उच्च राख्ने ।
६. हात मिलाउन र अंकमाल गर्न नपाइने ।
७. शारिरीक सरसफाइमा बिशेष ध्यान दिने ।
८. सामाजिक दुरी कायम गर्ने । आदि…

सामाजिक संजाल फेसबुक, टुइटर, मेसेन्जर, टिकटक र इमो जस्ता संचारका साधनहरुमा सारै मर्मस्पर्शी घटना देखा पर्थे असल र राम्रा र नराम्रा मनोवैज्ञानिक प्रभाव पार्ने प्रचार प्रसार सुरु भयो मानविय मस्तिष्कमा भ्रम नै भ्रम सृजना भै रह्यो ।
अनलाइन कक्षा संचालन भै नै रह्यो उपस्थिति त्यति उल्लेखनीय देखिएन । यस अनलाइन कक्षामा केहि विद्यार्थीहरु सम्पन्न परिवारका त सहभागी भए तर केहि विद्यार्थीका अभिभावकले कर्जा सम्म लिएर भएपनि सुविधा लिए । प्रतिफल हेर्न बाँकी नै छ । यसको तर केहि रचनात्मक विद्यार्थीका लागि असल हो निम्न र राम्रो ध्यान नपुर्याउनेका लागि असहज र अप्ठ्यारो पनि उत्पन्न भयो । सम्भवत सुरुमा भएकाले सबैमा अर्थात कक्षा लिनको लागि शिक्षामूलक र नयापनको सिकाई भयो ।

अझै सारा बस्तीमा कोभिड १९ ले भयावह रुप लिदैँ थियो । यस्तो अवस्थामा केहि शिक्षकलाई नै कोरोनाले असर पुर्यायो । तर होम कोरोन्टाइन भएर पनि कक्षा लिई नै राख्नु भयो तर सबै कक्षाहरु लिन सक्नुभएन । केहि कक्षा भने मिलाइराख्नु भयो । कति आत्मविश्वासका साथ प्रस्तुति रह्यो अनलाइन कक्षा त्यसपछि दिन आराम गर्नुभयो ।

आफ्नो घरको अलग कोठामा बसेर परिवारका सदस्यले पनि सहयोगीको भूमिका निभाउनु भयो । मेरो आँखा अगाडिको दृष्यपनि अनौठो देखियो मलाई लाग्यो केहि देवपरीनै यस नगरमा देखा परिन् । जस्तो टेलिसृङ्खला देखा पर्यो मैले सोधे…
मेम सन्चो भयो हजुरलाई ?

खै सन्चो नभए जस्तो छ….घाँटी दुखि रहेको छ, परिवारका सदस्यलाई पनि सक्रिय देखायो उहाँपनि कोरोन्टाइन हुनु भयो । खै बसेको ठाउँ आफै सफा गर्नुपर्ने उहाँलाई छटपटाईलाग्ने रैछ । उहाँलाई औषधीको नाममा खाली दिनमा ३ पटक तातो पानी र जडिबुटिको झोल मात्र दिइने रहेछ । गजबको छ । उहाँको १४ दिनको कोरोन्टाइनको बसाई …खै यो भन्दा त घरमै बस्दा ठिक हुन्छ जस्तो छ । हामी अलग अलग कोठामा बसेर आराम गर्ने ।

मैले प्रतिउत्तरमा भनेँः हुन्छ मेम बस्नुहोला तर निर्देशनको सम्पूर्ण कुराहरुको पालना गर्नुपर्छ है । माथि उल्लेखित सम्पुर्ण कुराको अनुशरण गर्नुहोला । कहिले काहिँ म पनि खाना बनाएर पठाइ दिउँला है आत्मविश्वास बलियो बनाएर राख्नुहोला वहाँहरुको घरबेटी दिदी र दाइको यस्तो व्यवहारले आघा विराम त घटेर आयो । …घन्यवाद हजुर स्नेह प्रेम र आत्मविश्वासका लागि ।

धन्य हो र मानवीय मूल्यले ओतप्रोत व्यक्तित्त्व सचेत भएर सावधान र अनुशासनका साथ मर्यादापूर्वक बसी रहन सचेत गराउदै आफ्नै घरमा बस्न अलग कोठा मिलाईदिनुभयो । धन्य हो देविस्वरुपमा महिला दिदीलाई जस्ले आ–आफ्नो बालबालिकाहरुलाई सावधान गराउँदै आफू पनि सावधान हुँदै एक नारीले अर्को नारीलाई स–सम्मान सहयोग गर्नुभयो । धन्य हो सम्मान छ यस धर्तीमा देखिने जिवित देवीलाई साधुवाद छ ।

यस घटना भन्दा पूर्व काठमाडौमा एक घटना देखा परेको थियो जुन पत्र पत्रिकामा आएको थियो । काठमाडौको नयाँ बानेश्वरमा नर्स र डाक्टर बस्ने ठाउँ खाली गर्न घरबेटीले चेतावनी दिएका थिए र चारै तिरबाट सो घरबेटीको चौतर्फी बिरोध भएको घटना ताजै थियो । तर यस्ता दानवीय गुण भएका र व्यवहार गर्ने यस युगमा प्रशस्त भेटिन्छन । साथै असल र गुणी साथै इश्वरीय गुणले ओतप्रोत व्यक्तित्त्वहरु प्नि रहेछन् । हो यस्ता मूल्यमा आभारित व्यक्तिहरुले गर्दा नै संसार टिकेको हुनुपर्छ ।

देशमा एक आपसमा घृणा फैलाउने तत्व पनि सक्रिय भूमिका खेलिरहेको देखिन्थ्यो । र, खराब समाचार संप्रेशण गरेर समाजमा दुर्गन्ध फैलाई रहेका थिए । तर उनीहरुको पनि केहि चल्दो रहेनछ । असल गुण र सुगन्धको अगाडि धेरै टिक्दो रहेन छ ।

हे ! इश्वर तैले रचेको यो संसार कति सुन्दर उपहारलाई त बाट जन्मेका आत्माहरुको किसिम किसिमका भएकाले पो सृष्टि सुन्दर हो कि के हो । प्रभु तिमी नै थाहा पाउँ र सद्बुद्घि देऊ । असल र स्वर्गतुल्य बनाउने वाटोको लागि सतमार्गमा डोर्याई राख है इस्वर, हे प्रभु ! हे शिव! हे भगवान । धन्य छ तिम्रो सृजना…बुझिनसक्नु भयो ।
समयको परिवर्तन सँगै विस्तारै–विस्तारै सबै कुरा साम्य हुन थाल्यो । कोभिड १९ कहाँ थियो र कहाँबाट आयौ मानिसलाई मानविय मूल्यमा बाँच्न सिकायौ र बाँचिरहने र स्वर्ग जाने साथै यस धर्तीलाई स्वर्ग बनाउने बाटो देखाइदियौ धन्य छ बाबा ! भगवान ! प्रभु ! खुदा !
गजब है तेरी खुदाई हे खुदा
नाराज नहोना खुदा तेरी हि यह
आवामको खुसी तौर रखना
इस घरायर स्वर्ग बनाना आ जाए
जहाँ शेर और बकरी एक ही हे
तलाब से एक हि साथ पानी पिए
हे ! परमपिता प्रमेश्वर, हे शिवसागर ! शिव शम्भु यस मार्गमा हिड्नलाई सबैलाई सहायता मिलिरहोस् । यस्ता घटना परिघटना कोभिड १९ मा घटिरहे । कसैले आफ्नो प्रवाह जगरी सेवा गरिरहे जस्तैः नर्स, डाक्टर तथा स्वास्थ्य संयम सेवकहरु देवि सम्मान देखिन्छन् र मानवीय मूल्य र मान्यताले र दैविक गुणले भरिपूर्ण भएको सुनिन्थ्यो र हामीले महसुस पनि गर्यौ ।
खुशी, शान्ति, आनन्द हामी वरीपरी नै छ धेरै छ खुसी साथ रहौँ । सकिन्छ भने अलिकति भएपनि खुसी बाँड्ने प्रयत्न गरौँ । रमाइलो जीवकालागि हाँसेर बाँच्न सक्नुपर्छ । के ? खुःखी भएर परिस्थिति बदलिन्छ र ? होइन बदलिँदैन सामना र समाधानको बाटोमा अघि बड्नु पर्दछ । असल मात्र होस्, राम्रो मात्र सोच्ने परिस्थिति अनुकूल नभएमा आफ्नो अवस्था हल्का सहज र गाढापन बनाउने प्रयत्न गर्नुपर्छ ।

हुने हार दैव नटार भने जस्तै, कुनै कुरा हामीलाई रोक्न सक्दैनौ र सकिंदैन पनि । आत्मबल र आत्मशक्तिका साथ परिस्थितिको सामना गर्दै नयाँ अनुभूतिको अनुभव लिखै अग्रमार्गमा हिडिरहन पर्दो रहेछ । यस सृष्टि रंगमञ्चका हामी पार्टधारी पात्रमात्र नै हौ निरन्तर परिवर्तन भै रहने जीवनको भाग रहेछ कहिले को कहिले को…। (मोर्डन पब्लिक स्कूलका प्रधानाध्यापक हुन्)

प्रतिक्रिया

प्रतिक्रिया