भौतिक पूर्वाधार निर्माणमा जुटे पुनःनिर्वाचित बर्मा

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले सडक कालोपत्रेको नयाँ योजना अघि सारेको छ । वडा नं. १८ मा दिपक कुमार बर्मा नेतृत्वमा जनप्रतिनिधिहरु पुनः निर्वाचित भएपछि भौतिक पूर्वाधारका बाँकी कामलाई निरन्तरता दिने र नयाँ काम पनि सँगसँगै अगाडि बढाउने गरी योजना अघि सारिएको हो ।

त्यसैक्रममा शनिबार २ किलोमिटर सडक कालोपत्रे सडक निर्माण सुरु गरेको वडा कार्यालयले जानकारी दिएको छ । अध्यक्ष बर्माले वडाको विकास निर्माणलाई तीब्रता दिदै सोल्टी होटल चौकदेखि नागरिक टोलसम्म, डोल्पाली टोल, लग्दहवा गाउँ हुँदै बाइपास वसपार्क जोड्ने सडक कालोपत्रेका लागि शिलान्यास गरेका हुन ।

स्थानीय वडाबासीको बाक्लो उपस्थितिमा सम्पन्न शिलन्यास सडक करिव दुई किलोमिटर रहेको बताइएको छ । त्यस्तै ट्राभलर भिलेजमा ३५ लाखको लगानीमा पीसीसी र ४५ लाखको लागतमा नालासहितको सडक निर्माणको काम पनि जारी रहेको अध्यक्ष बर्माले जानकारी दिएका छन् । उनले आफ्नो वडाका विभिन्न टोलमा सडक र नाली निर्माणलाई तीब्रता दिइने बताए । पहिलो कार्यकालमा पनि उनको कामको वडाबासीले राम्रो प्रशंशा गरेका थिए ।

वडा नं. १८ मा पदभार, गरे दुई निर्णय

प्रतिक्रिया

प्रतिक्रिया