अडानमा बाँकेको सशक्त उपस्थिति: उपाध्यक्षमा खाँ निर्वाचित

नेपाल अडिटर्स एशोसिएन (अडान)को केन्द्रीय उपाध्यक्षमा अब्दुल करिम खाँ निर्वाचित भएका छन् । बाँकेको सशक्त उपस्थिति रहेको ८१ सदस्यीय केन्द्रीय समितिमा खाँ द्वितीय उपाध्यक्ष निर्वाचित भएका हुन् ।

केदारनाथ पौडेलको अध्यक्षमा नवनिर्वाचित केन्द्रीय समितिमा बाँकेबाट सचिव (लुम्बिनी) गोकर्णप्रसाद आचार्य, केन्द्रीय सदस्य लुम्बिनी दिपक प्रसाद रेग्मी, केन्द्रीय सदस्य महिला अनिता कुमारी श्रेष्ठ र खुलाबाट केन्द्रीय सदस्य मो. जुबेर राई निर्वाचित भएका छन् । ‘केन्द्रीय समितिमा बाँकेको सशक्त उपस्थिति ल्याउन सफल भएका छौ,’ नवनिर्वाचित उपाध्यक्ष खाँले दैनिक नेपालगन्जसँग भने, ‘यसले यस क्षेत्रका सवाललाई केन्द्रीय रुपमा उजागर गर्ने र सम्बोधन प्रयासका लागि सहयोग पुग्नेछ ।’

छैठौं महाधिवेशनले देशमा वृद्धि हुँदै गएको बजेट घाटा, कोरोना महामारीबाट प्रभावित सबै क्षेत्र र अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई सुझबुझ पूर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । केन्द्रीय उपाध्यक्ष खाँका अनुसार विभिन्न व्यवसायिक मुद्दाहरुमा केन्द्रित भएको अडानको छैठौं महाधिवेशनले विभिन्न १८ बुंदे घोषणापत्र जारी गरेको छ । ‘नयाँ संविधान कार्यान्वयनसँगै सबै ऐन, कानुन परिमार्जन गर्नुपर्ने भएकाले नेपाल चाटर्ड एकाउन्टेन्स ऐन पनि परिमार्जित गरी सबै खाले विभेद अन्त्य गर्न अडानले माग गरेको छ’, उपाध्यक्ष खाँले भने ।

प्रतिक्रिया

प्रतिक्रिया