वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप

बर्दियामा गत तीन बर्षमा २३ जनाको बाघको आक्रमणबाट मृत्यु हुँदा पनि नागरिक जोगाउनका लागि राज्यले ठोस कदम नचालेको स्थानीयको आक्रोश छ पीडित प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक महिलाको मृत्यु भएको छ

प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् । मधुवनको ओराली बजारमा प्रदर्शन गरेका वन्यजन्तु पीडितले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका थिए । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चाैधरी हुन् ।

सोमबार दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ ।

मधुवनको ओरालीमा भएको प्रदर्शन राेकिए पनि गुलरिया राजापुर सडक खण्ड अझैँ बन्द छ । आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको जिल्ला अस्पताल गुलरियामा उपचार पश्चात् अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया