आइतबार बिदा खारेज, प्रभावकारी थिएन कार्यान्वयन

सरकारले जेठ १ गते देखि आइतबार बिदा दिने निर्णय फिर्ता लिएको छ । आइतबार बिदा प्रभावकारी नहुने भन्दै यसको आलोचना भैरहेका बेला सोमबारको मन्त्रीपरिषद् बैठकले असार १ गतेदेखि लागु हुने गरेर आइतबारको बिदा खारेज गरेको हो ।

सरकारले बिदाको निर्णय अघि त्यसको प्रभाव अध्ययन गरेको थियो । आइतबार बिदा दिंदा खर्च कम हुने तथ्यांक प्रतिवेदनले दिएको थियो । यद्यपि, सेवाग्राहीको काम शुक्रबार नभए सोमबारसम्म कुर्नुपर्ने अवस्थाका बारेमा पनि प्रतिवेदनले समेटेको थियो । सरकारले इन्धन खपत घटाउने उद्देश्यले परीक्षणका रुपमा जेठमा हप्तामा दुई दिन बिदाको निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आइतबार बिदाको निर्णय असार १ गतेदेखि लागु हुने गरी खारेज गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

अपेक्षित परिणाम दिएन बिदाले

सरकारले शनिबार र आइतबार बिदा दिएसँगै अन्य दिन विहान साढे ९ देखि साढे ५ सम्म कार्यालय खोल्ने निर्णय गरेको थियो । तर, बाँकेमा भने त्यसको प्रभावकारी कार्यान्वयन भएको थियो ।


आइतबारको बिदापछि सोमबार विहान साढे ९ बजे सरकारी कार्यालय सञ्चालनमा आउनुपर्ने हो, सेवाग्राही पुग्नु पर्ने हो । तर, नेपालगन्जमा रहेका सबै कार्यालयहरुले साढे ९ बजे नै सेवा सुरु गरेको भने पाइएन ।


आइतबार साढे ९ बजे सरकारी कार्यालय पुग्दा नेपाल विद्युत प्राधिकरण बाहेकका कार्यालयमा सेवाग्राही १÷२ जना मात्रै पुगेका थिए । काउन्टरमा कर्मचारीको उपस्थिति पनि निकै कम देखिन्थ्यो, साढे ९ बजेको समयमा । विद्युतमा साढे ९ मै कर्मचारीको भिड देखिन्थ्यो । १० बजेसम्म विद्युतमा सेवाग्राहीको संख्या ३ सय बढी नाघिसकेको थियो ।


नेपालगन्जको आन्तरिक राजश्व कार्यालय साढे नै बजे नै खुलेको थियो । काउन्टर पनि खुला थिए । तर, कार्यालय १÷२ जना कर्मचारी साढे ९ हुँदा पनि पुगेका थिएनन् । सेवाग्राहीको संख्या साढे ९ बजे एक जना पनि सेवाग्राही कार्यालय पुगेको देखिंदैन थियो, राजश्वको । यद्यपि अधिकांस कर्मचारी पुगिसकेको देखिन्थ्यो काउन्टरमा ।


मालपोत कार्यालय र नापी कार्यालयमा साढेमा काउन्टर खुला रहेपनि सबै सेवा दिने काउन्टरमा कर्मचारी थिएनन् । ९ बजेर ४० मिनेटमा कर्मचारीहरु प्रवेश गरिरहेको देखिन्थ्यो भने । १÷जना कर्मचारीले भने साढे ९ बाटै सेवा सुरु गरेको देखिन्थ्यो । मालपोत कार्यालयका सेवा दिने काउन्टरहरुमा कर्मचारी नभएपनि पंखा भने घुमिरहेको देखिन्थ्यो । नापी कार्यान्वयको अवस्थामा पनि उस्तै थियो । अदालत खुलेका भएपनि सेवाग्राही पुगेको पाइँदैनथ्यो ।


जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि साढे ९ बजे नै सेवाग्राही पुगेका थिएनन् । कुनै काउन्टरमा कर्मचारी थिए त कुनैमा कर्मचारी पुगिसकेका थिएनन् ।


सेवाग्राहीले कार्यालय साढे ९ बजेदेखि नै खुल्ने जानकारी नपाएकाले पनि उपस्थिति पातलो देखिने गरेको हो । कर्मचारीहरु अनुगमन नहुने भएकाले पनि समयमा नपुग्ने गरेको पाइन्थ्यो । बाँकेका एक स्थानीय तहका अधिकृतले सबै कर्मचारी पुगे पनि दुई जनाले ढिलो गर्दै आएकाले उनीहरुलाई पहिलो चरणमा सम्झाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया