नेपाली कांग्रेस बाँकेले आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीलाई आइतवार बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा निर्वाचितहरुलाई बधाई दिंदै पार्टी नेताहरुले जनभावना अनुरुप काम गर्न निर्देशन दिए । उनीहरुले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गरे ।
पार्टीसंग समन्वय गरेर जन–आकांक्षा अनुसार काम गर्न उनीहरुको जोड थियो । पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा नेताहरुले ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री सञ्जय गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सह–महामन्त्री निमा गिरी, बाँके सभापति नारायणप्रसाद गौडेल, कांग्रेस बाँकेका पूर्वसभापतिहरु गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ र किरण कोइराला लगायतले जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी र कोहलपुर १२ का वडाअध्यक्ष विरेन्द्रकुमार शाहले पार्टीको नीति/निर्देशन र जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाए । उनीहरुले पार्टीसंग समन्वय गर्दै जन–भावनालाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टी नीति अनुरुप अघि बढ्ने बताउँदै पार्टीको विश्वासलाई डग्मगाउन नदिने दृढता उनीहरुको थियो ।
बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख÷अध्यक्ष, ६ जना उपप्रमुख÷उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई सम्मान गरिएको हो ।/पूर्व मन्त्री एवम् कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, पूर्व सभापति कृष्णमान श्रेष्ठ, निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, प्रदेश १ ’क’ का सभापति लक्ष्मण थारु, कोहलपुर नगरपालिका सभापति विरेन्द्र कुमार शाह, महिला संघकी अध्यक्ष नारायण रुपाखेती लगायतले कार्यक्रममा बोलेका थिए ।