न्यूरोड स्थित घरमा आगलागी

नेपालगन्जको न्यूरोड स्थित एक घरमा आगलागी भएको छ । न्यूरोड पूर्व लाइनमा रहेको घरको दोस्रो तल्लामा आगलागी भएको हो ।

प्रहरी र दमकल आगलागी नियन्त्रणका लागि खटिएका छन् । शुक्रबार अबेर रातीसम्म आगलागी नियन्त्रणको प्रयास भैरहेको थियो । बाँके प्रहरीको सञ्चारले होटल कल्पतरु नजिकै रहेको घरमा आगलागी भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया