वीरेन्द्र चोकमा राप्रपाको प्रदर्शन

नेपालगन्जको वीरेन्द्र चोकमा बिहीबार राती राप्रपाले टायर बालेर प्रदर्शन गरेको छ । विहान राखिएको स्व. राजा वीरेन्द्रको शालिक बलपूर्वक हटाइएको विरोध राप्रपाले प्रदर्शन गरेको हो ।

‘स्व.राजा बिरेन्द्रको राखिएको शालिक हटाउने क्रममा प्रहरीको दमन, ज्यादतीको बिरोध र पक्राउ परेका राष्ट्रबादी युवाहरुको रिहाईको माग गर्दै अहिले बिरेन्द्र चौकमा राप्रपाले टायर बालेर प्रदर्शन गरिएको हो’, राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले भने । ‘आस्थाको आधारमा ईतिहासको कसैले अपमान नगरौँ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया