नेपालगन्जलाई ग्रीन एण्ड क्लीन अभियानको सुझाव

नेपालगन्ज उपमहानगरपालिकालाई ग्रीन एण्ड क्लीन नेपालगन्ज अभियानले विभिन्न ३ बुंदे सुझाव दिएको छ । बुधबार नगर प्रमुख प्रशान्त विष्टलाई अभियानका संयोजक डा. विनोद कर्णको अगुवाईमा सौन्दर्यकरण, सरसफाई र ब्यवस्थित सहरका सुझाव दिइएको हो ।

सुझाव बुझ्दै नेपालगन्ज नगर प्रमुख विष्टले नगरको सरसफाई र सौन्दर्यकरणका लागि आफु गम्भीर रहेको भन्दै ग्रीन एण्ड क्लिन नेपालगन्ज अभियानसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । नेपालगन्जको ग्रीन बेल्टमा रहेको हाँगा सहितको फुल काटिएपछि ग्रीन एण्ड क्लीन नेपालगन्ज अभियानले त्यसको विरोध गरेको थियो ।

सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्नेक्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जाल सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी(माली) हरुलाई बोलाएर यस विषयमा जानकारी लिदै नगरको सौन्दर्यकरणमा ईमान्दारितापुर्वक लान निर्देशन दिएका थिए । उनले फुलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफै सोच विचार गर्न आग्रह गरे । फुलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उनले आग्रह गरे ।

सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुको काटछाँट नियमित प्रक्रिया भएको भन्दै फुल काट्ने भन्दा पनि त्यसको थप सौन्दर्यकरणका लागि आफुहरुले काम गरेको भन्दै आगामी दिनमा फुललाई क्षति हुन नदिन थप सचेत हुने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया