हुन त हजयात्रा एक इस्लामिक तीर्थयात्रा हो । जुनकि विश्वभरीबाट आएका सबैभन्दा ठूलो संख्यामा मुस्लिमहरू यस पवित्र शहरमा जम्मा भएर पुरा गर्छन् । यो इस्लामको पाँचवटा आधारभूत स्तम्भहरू मध्ये एक हो ।

यो एउटा धार्मिक कर्तव्य हो जुन प्रत्येक मुस्लिमको कर्तव्य हो कि पुरुष वा महिला जो आर्थिक रुपले सक्षम हुन्छ उसले आफ्नो जीवनकालमा कम्तिमा एक पटक यो हजयात्रा पूरा गर्नुपर्ने भनी इस्लामी शरीयतको आदेश छ । हज मुस्लिम समुदायको एकताको साथ साथै अल्लाह (ईश्वर) मा उनीहरूको विश्वासको प्रदर्शन हो जो कि नश्लभेद, रंगभेद, वर्णभेद, लिंगभेद जस्ता विभेदबाट पुर्ण रुपले मुक्त रहेको कुरा प्रष्टियाउंछ । वि.स. २०२१ सालमा पहिलो पटक नेपालमा हज समितिको गठन गरियो । जसका संस्थापक अध्यक्ष काठमाडौंका महमद्दीन बने । त्यसभन्दा पहिला नेपाली हाजीहरु भारतको बन्दरगाह हुदैँ समुन्द्री मार्गबाट पानी जहाजले जाने गरेका थिए ।
पछिल्ला वर्षमा संख्यात्मक रुप हजयात्री संख्या बढेको छ । कोरोना भन्दा अघिको वर्षमात्रै साउदी १ हजार २ सय जनाको कोटा दिएको थियो । तर हज समितिले पहल र प्रयास गरेपछि ३ सय बढाएको थियो । जस कारण १ हजार ५ सय जना गएका थिए ।

यस वर्ष पनि नेपालबाट १ हजार २ सय हज यात्रामा जानेछन् । हज यात्रामा २ हजार पठाउन पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । थप १ हजार कोटा माग गरिएकामा साउदी सरकारले ५ सय थप्ने मौखिक आश्वासन दिएको भए पनि त्यो पूरा हुन नसकेको भन्दै अध्यक्ष मियाँले हजयात्रीको कोटा बढाउन पहल गरिदिन सरकारसमक्ष आग्रह गरे । यदि ५०० कोटा थपियो भने १ हजार ७ सय जना हज जान सक्नेछन् ।

केही वर्ष यता गृहमंत्रालयको मातहतमा रहेको नेपाल हज समिति बेलाबेलामा विवादको घेरा पटक पटक आइरहेको छ । सार्वजनिक रुपमा पहिलो पटक विवाद भने वर्ष २०६३/२०६४ मा इजहार मिकरानी हज समितिका अध्यक्ष भए तब देखि नै हज समितिको विवाद सार्वजनिक रुपमा बाहिर आउन सुरु भयो जुन क्रम निरन्तर कायम नै रहिरह्यो ।

त्यसपछि क्रमशः २०६४/२०६५ मा ताज मोहम्मद मियाँ, वर्ष २०६५/६६ मा जब मौलाना अब्दुल जब्बार मन्जरी उनलाई त्यतिखेर हजयात्रीहरुको बसोबासको राम्रो व्यवस्था नगरेको भनी दुर्व्यवहार कुटपिट, कोठामा थुन्ने काम गरियो । विवादको घटना सामुन्ने न आए पनि भ्रष्टाचार भयो कि भनी आशंका सर्वसाधारण बीच रहिरह्यो ।

जब वर्ष २०७३÷२०७५ मा धनुषाका मोहम्मद शोएब रजा हज समितिका अध्यक्ष भए । तब हजयात्रीहरुलाई साउदीमा अलपत्र पारेको खानेबस्ने व्यवस्था राम्रो नगरेको भनी साउदीमा नै उनलाई कोठा धुनेर कुटपिट गरेको कुरा पनि सार्वजनिक रुपमा बाहिर आयो ।
त्यसपछि वर्ष २०७५÷२०७७ सम्म हज समितिका अध्यक्ष अर्घाखांचीका सम्शेर मियाँ भए । त्यतिखेर उनीमाथि हाजीहरुसंग प्रति हाजी रु. ५ हजार जति रकम बढी लिएको आरोप लाग्यो । हजयात्रामा उनले इतिहास मै बढी संख्यामा पहिलो पटक १ हजार ५ सय हजयात्री पठाएका थिए । जस बारे जानकारी आएको छ, कि साउदी सरकारले १ हजार २ सय जना हजयात्रीको कोटा मात्र दिएको थियो । तर, सानो समयमा पहल गरी उनले ३०० थप कोटा माग गरेका थिए र साउदी सरकारले दिएको पनि थियो ।

त्यतिखेर त्यो ५ हजारबढी किन लिएको भनी सामाजिक संजालमा चर्चाको विषय बनेको थियो । अहिले शम्शेर मिँयाको दोस्रो कार्यकालको पहिलो वर्षमा भने खर्च रकम दोब्बर भन्दा बढी हुन आएको सुचना आइसकेपछि पुनः चर्चाको विषय बनेको छ ।
अब आउने दिनमा कसरी व्यवस्थित गरी हजयात्री पठाउदां बेस होला । किनभने वि.स. २०२१ सालमा भएको हज समितिको गठन पछि निरन्तर नेपाल हज समितिको मार्फत हजयात्रीहरु पठाइदैं आइएकोछ । यसरी हजयात्री पठाईने क्रममा फरक फरक हज समितिका अध्यक्षहरुको पालामा भ्रष्टाचारका समाचार र आरोप पनि लगाइए ।

आरोप लगाइए पनि त्यो आरोप विरुद्ध कुनै कदम चालिएन् कहिल्यै पनि छानबिन गरिएन् । बिचरा जनसमुदाय दुविधा र अनभिज्ञता बीच मनमा अनेक प्रश्न लिएर बस्दै गरे । कतियौं पटक त हज गर्न साउदी पुगीसकेपछि हजयात्रीहरुद्वारा अध्यक्षहरुलाई लुछितानी कुटपिट र कोठामा थुनिने कार्य समेत भएको रहेछ । जसको फलस्वरूप हज समितिमा आबद्ध व्यक्तिहरु डरले समाजसामु आफ्नो पहिचान नै लुकाएर हिड्नु पर्ने बाध्यता रहे ।

शम्शेर मियाँ अध्यक्ष रहेको बेला अध्यक्ष लगायत सदस्य मेराज अहमदहरु समेत हजयात्रीहरुको सेवा दिनरात खटेका थिए । जहां नेपाली खाना पकाउने भान्छे, स्वास्थ्यकर्मीको टोली संगै लगियो । पहिलाको समितिका सदस्य र अध्यक्ष आफ्ना लागि महंगो कोठा र गुणस्तरीय खानाको छुट्टै व्यवस्था गरेका हुन्थे । त्यहीं समिति सदस्य मेराज अहमद सहित अध्यक्ष शम्शेर मियाँ समेत हजयात्रीहरु संगसंगै त्यही स्तरको कोठामा बसेका त्यही स्तरका खाजा खाना खाएका फोटाहरु सोसल मीडियामार्फत पनि सार्वजनिक भएको देखियो ।

यति हुदाँहुदैँ अहिले आएर फेरि हज जानका लागि सुचना प्रकाशित भएदेखि नै हज समितिमाथि प्रश्न खडा भएको छ । त्यो प्रश्न हजयात्रा खर्चको रकम दोब्बर भन्दा बढी रहेकोले खडा भएको हो । यसर्थ गृहमंत्रालयको मातहतमा रहेको हज समितिले किन यसपाली एक्कासी खर्च रकम दोब्बर गर्यो ? के साउदी सरकारले नै खर्च रकम बढाएको हो ? यी प्रश्नहरुको जवाफको पर्खाइमा छ नेपाली मुस्लिम समुदाय । किनकि हज फारम भर्ने समयावधी यही हो यसपछि इस्लामिक महिना जिलहिज्जामा हज हुने समय हो । तसर्थ यसको निराकरण यथास्रीघ सम्बन्धित सरोकारवालाहरुले खोज्न अति आवश्यक छ ।

नेपालमा हज हाउस छैन् मश्जिदमा बस्नु पर्ने बाध्यता रहेकोले हरेक वर्ष हजयात्रीहरुलाई खाना बस्न नुहाउन महिला र पुरुषका छुट्टाछुट्टै स्नानघर र चर्पीको व्यवस्था नरहेकोले समस्या झेल्नु परेको छ । तसर्थ हज हाउसको निर्माण गर्नु अति आवश्यक छ ।
यसका साथै छिमेकी मुलुकहरुले आफ्नो देशबाट पठाउने हजयात्रीहरुलाई कस्तो सेवा सुविधा कति रकममा दिलाइ रहेको छ । नेपालका अधिकांश हजयात्रीहरु गरीब रहेकोले साउदी सरकारसंग अपील गरी यिनीहरुका लागि कम खर्चमा हज गर्न सक्ने व्यवस्था गर्नका लागि यस बारे जानकारी लिइ तुल्नात्मक रुपमा कम खर्चमा उचित सेवासुविधा सहित हज गर्न गराउन व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ ।

प्रतिक्रिया

प्रतिक्रिया