महंगियो हज: अनियमितताको आशंका

इस्लामिक धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक स्थल हजयात्राका लागि खर्च दोब्बर भएको छ । अघिल्ला बर्षहरुमा २ लाख २५ हजार खर्चमा हजयात्रा गर्दै आएका नेपालीहरुका लागि यसबर्ष ४ लाख ६३ हजार यात्रा खर्च तोकिएको हो ।

दुई बर्षदेखि कोभिडका कारण अवरुद्ध हज यात्रा तयारीमा बसेका इस्लामिक धर्मावलम्वीहरु एक्कासी बढेको मूल्यका कारण निराश बनेका छन् । नेपाल हज समितिले अनियमित ढंगबाट हजयात्रालाई महंगो बनाएको भन्दै अनियमितता आशंका पनि गरिएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

त्यसविरुद्ध नेपाल मुस्लिम इत्तेहाद संगठनले अनुसन्धान गर्न भन्दै गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष मोहम्मद उमर हलवाई र सचिव बिराउन शेषले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै आफ्ना चार बुंदे माग अघि सारेका छन् ।

‘यी मागहरु पूरा नभए हामी आन्दोलनका योजना अघि बढाउने छौं’, संगठनका केन्द्रीय उपाध्यक्ष मो. हारुन हलवाईले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएपछि दैनिक नेपालगन्जसँग भने, ‘विगत भन्दा तेब्बर तोकिएको मोआल्लिम दस्तुर आफैमा बदनियतपूर्ण छ ।’

प्रतिक्रिया

प्रतिक्रिया