महिन्द्रा ट्राक्टरका दुई मोडेलको बिक्री शुभारम्भ

अग्नि गु्रपको नेपालगन्ज शाखाबाट महेन्द्र ट्याक्टरका दुई मोडेलको बिक्री शुभारम्भ गरिएको छ । गु्रपका शाखा प्रमुख सिताराम रेग्मीले महिन्द्राको ५७५एपीप्लस र २७५एसपी प्लस मोडेलको शुक्रबार औपचारिक कार्यक्रम बीच बिक्री शुभारम्भ गरिएको जानकारी दिए ।
महिन्द्राको ट्याक्टर विगत ३ बर्षमा २ सय ५० बढी बाँकेमा नै बिक्री भएको छ । ‘किसानको रोजाईमा महिन्द्रा रहेको पाएका छौं, हामीले ट्याक्टरमा वारेन्टी सहितका सुविधा दिंदै आएका छौं’, शाखा प्रमुख रेग्मीले भने, ‘ग्राहकहरुको आवश्यकता अनुसार थप दुई वडा मोडेलको बिक्री शुभारम्भ गरेका हौं ।’

महिन्द्राको ट्याक्टर ५ महादेशका ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ । भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरुमा नेतृत्वदायी महिन्द्रा संख्यात्मक रुपमा विश्वकै सबैभन्दा ठूलो ट्याक्टर कम्पनी हो ।

‘खाल्डाखुल्डीयुक्त र निर्मम भूभागमा आफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमता प्रदर्शनको लागि प्रसिद्ध महिन्द्राका ट्याक्टरहरुले कम्पनीलाई डेनिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन्’, शाखा प्रमुख रेग्मी भन्छन्, ‘यो विश्वमै लोकप्रिय रहेको छ ।’

हाल बिक्री शुभारम्भ गरिएका दुई मोडेलका ट्याक्टरको मूल्य १४ लाख ९५ हजारदेखि १६ लाख ८५ हजारसम्म रहेको छ ।
बिक्री शुभारम्भ नेपालगन्ज उद्योग वाणिज्य संघका अब्दुल वाहिद मन्सुरी, कम्पनीका भारतीय प्रतिनिधि, शाखा प्रमुख रेग्मी लगायतले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया