प्रेस यूनियनले मनायो स्थापना दिवस


नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन बाँकेले शुक्रवार रक्तदान कार्यक्रमसँगै शुभकामना आदान–प्रदान तथा पात्रो विमोचन गरेको छ । रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचनको विषयलाई लिएर पटाक्षेप गरिएको थियो ।

पार्टी केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन भैरहेको भन्दै दोषीलाई कारवाही गरिने चेतावनी दिए । त्यस लगत्तै प्रमुख अतिथि, पार्टीका सहमहामन्त्री राठौरले बाँकेमा वडाको टिकट सही तरिकाले वितरण नगरिँदा वडाहरुमा लज्जास्पद हार व्यहार्नुपरेको तर्क गरे । उनले यसमा गम्भीर समीक्षा जरुरी रहेको धारणा राख्दै भने, ‘पैसा खाएर टिकट दिने, आफ्ना नाता–गोतालाई टिकट दिने अनि कसरी जितिन्छ, केन्द्रले यसको जरुर समीक्षा गर्छ ।’

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बाँके सभापति नारायण गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल लगातयले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया