सडक दुर्घटना न्युनीकरणमा कानून बनाउ

लुम्बिनी तथा कर्णाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूर्ण स्थापना र एकताबद्ध प्रयासबारे नेपालगन्जमा छलफल गरिएको छ । छलफलमा मोटरसाइकल सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमासहभागीहरुले आ आफनो धारणा राखेका थिए ।

  कार्यक्रमका सहभागीहरुले सडक दुर्घटना न्युनीकरणमा आफैबाट आफनो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्वन्धीका कडा कानूनको निमार्ण गरि कार्यन्वयनमा जोड दिनुपर्ने माग गरे ।

त्यसक्रममा दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैद्धान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो ।

  नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले सडक सुरक्षा नियन्त्रणका बारेमा प्रदेशस्तरबाट कानून, निति निमार्णको कार्यलाई जोड दिने बताए । उनले त्यसमा सबैको भुमिका प्रभावकारीको अपेक्षा गरे ।

प्रदेश सांसद आइपी खरेलले सडक सुरक्षासंग सम्वन्धित विषयमा विशेष ध्यान दिइ नागरिकस्तरबाटै सचेत हुनुपर्ने धारणा राखेका थिए भने सांसद कृष्णा केसी नमुनाले सडक दुर्घटना दिनदिनै बढदै गइरहेकाले यसको नियन्त्रणका लागि सबै जुटनुपर्ने भन्दै प्रदेश र स्थानीयस्तरबाट निमार्ण हुने कानूनहरुको कार्यन्वयन गर्न प्रतिबद्धता राखिन् ।

  कार्यक्रममा विश्व परिषद सदस्य गाविन्द भटराईले सडक सुरक्षाको राष्ट्रिय तथा अन्र्तराष्टिय सन्दर्भका बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा अर्थोपेडिक सर्जन डा. प्रकाश बहादुर थापा, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख हिमालय शाह, इन्जिनियर निमेष शर्मा, नेपाल पत्रकार महासंघ लम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्लाष्टिक सर्जरी तथा सामाजिक अभियन्ता डा विनोद कर्णले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए ।

  कार्यक्रममा नेपालगन्ज मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी युवा नेता भिम ओली, अधिकारकर्मी भोला महत, सुदिप भटराई, बसन्त गौतम, तोजेन्द्र विक, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द जोशी लगायतले बोलका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया