जीत नजिक प्रशान्त

नेपालगन्ज उपमहानगरपालिमा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएका प्रशान्त विष्ट विजय नजिक पुगेका छन् । १८ वटा वडाको मतपरिणाम र जारी मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका प्रशान्तले १९ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । जुन उनलाई पछ्याइरहेका एमालेबाट प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र भन्दा ९ हजार ६ सय ४७ मतले बढी हो । मिश्रले १० हजार १ सय ३७ मत ल्याएका छन् । राप्रपा उम्मेदवार नन्दलाल वैश्यको मत ६ हजार ६ सय ५५ रहेको छ ।

उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका जसपाका कमरुद्दिन राई १४ हजार ७ सय ९५ मत सहित अगाडि रहेका छन् । एमाले उम्मेदवार शान्ति ढकालले ९ हजार ५ सय ९२ मत प्राप्त गरेकी छन् भने राप्रपा उम्मेदवार बिन्दु चर्तिमगरले ८ हजार ८ सय ९१ मतमा ढकालपछि छन् ।

२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा अब 2 वटा वडामा मात्रै मतगणना बाँकी रहेको छ । मतगणनाको सुरुवात देखिनै फराकिलो मतान्तरले अगाडि रहेका विष्ट र राईको नै विजयी हुने आइरहेको मत परिणाम र मतान्तरले स्पष्ट देखाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया