नेपालगन्ज वडा नं. ८ मा दोहोरियो राप्रपा


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदमा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका सुरेन्द्र गुप्ता विजयी भएका थिए भने यसपटक राप्रपा वडाध्यक्ष पदका उम्मेदवार रजनीश वाजपेयी ८०८ मत सहित विजयी भएका हुन् ।

यसपटक वडा नं. ८ मा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निजामउद्दीन सिद्दिकीले ५१५ मत ल्याएका थिए ।

डा नं. ८ को वडा सदस्य पदमा राप्रपाका अमन गुप्ता ७९० मत, निखिल कुमार वैश्य ७३२ मत, महिला सदस्यमा विमला वैश्य ८०९ मत, निर्मला धोबी ७९५ सहित वडाको प्यानलै विजयी भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया