बैजनाथ : मतगणना सुचारु गर्ने सहमति

बाँकेको बैजनाथ गाउँपालिकामा हिजो आइतबारदेखि रोकिएको मतगणना आज साँझ ६ बजेबाट सुरु गरिने भएको छ । मतगणनाका क्रममा स्थानीय कर्मचारीको भूमिका प्रति शंका उत्पन्न गर्दै रोकिएको मतगणना झण्डै २४ घण्टा पछि सुचारु गर्ने सहमति भएको हो ।

‘त्यही तहका कर्मचारीलाई मतगणनामा परिचालन नगर्ने सहमतिमा मतगणना प्रक्रिया सुचारु गरिने सहमति भएको छ’, सहजीकरणमा पुगेका अधिकारकर्मी, नियोकका प्रदेश सदस्य अधिवक्ता बसन्त गौतमले भने, ‘मतदानलाई सुचारु गर्ने सहमति भयो ।’ गौतमसँगै नियोकका सुरेश कुमार गौतम र प्रभात ठकुरी बैजनाथ पुगेका थिए । सर्वदलीय बैठकले मतगणना सुरु गर्ने सहमति गरेको हो ।

वडा नंंं. १ को मतपरिणाम आएपछि सुरु भएको असन्तुष्टि पछि वडा नं. ८ गणना हुँदै गर्दा एमाले बाहेकका दलहरुले कर्मचारीको भूमिकामाथि प्रश्न उठाएका थिए । एमालेले भने मतसंख्या कम देखिएपछि निहुँ खोजेर गणनामा भाँजो हालेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया