बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ मा माओवादी–काँग्रेस गठबन्धनका उम्मेदवार टेक बहादुर रोका क्षेत्री विजयी भएका छ । माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार क्षेत्रीले १२२४ मत ल्याएर विजयी हुँदा एमालेका तिलक वीर सुनारले ११२१ मत ल्याएका छन् ।
वडा सदस्यमा भने नेकपा एमालेका बल बहादुर बुढा क्षेत्री १२५५, माओवादीका दुर्जी रावल १०२३, एमालेबाट महिला सदस्यमा रितु गिरी १२०१ मत, दलित महिला सदस्यमा लिला कुमारी सुनासी ११८९ मतले विजयी भए । तीन वटा सदस्य एमाले जित्दा पनि वडाको नेतृत्व भने माओवादीले हात पारेको छ ।
०७४ सालमा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार तिलक वीर सुनार १०६२ मत ल्याउँदजै विजयी भएका थिए । २०७४ मा वडा सदस्यमा एमाले नै विजयी भएका थिए ।