नेपालगन्ज ४ मा गोपाल पुन वडाध्यक्ष निर्वाचित

नेपालगन्ज वडा नं. ४ मा गोपाल पुन विजयी भएका छन् ।


२०७४ सालमा राप्रपा उम्मेदवारबाट पराजय बेहोरेका पुन यसपटक भने विजयी भए । २०७४ सालमा राप्रपाका मो. सफिक बेहना ६९७ मतले विजयी हुँदा माओवादीका पुनले ४६१ मत मात्रै ल्याएका थिए । राप्रपाले यसपटक इन्दिरा शाहीलाई उम्मेदवार बनाएको थियो ।

नेपालगन्ज उपममहानगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रबाट अय्युब सिद्दिकी विजयी भएका छन् । यसअघि वडाध्यक्ष रहेको उनी यसपटक पनि निर्वाचित भएका हुन् ।

सिद्दिकीले ६९८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मो. नफिस अन्सारीले ६ सय ११ मत ल्याएका छन् ।
वडा सदस्य पदमा भने मिश्रित परिणाम आएको छ । वडा सदस्यमा नेकपा एमालेका मो. जमाल हलवाई ५७२ मत, प्रिन्स गुप्ता ५३० मत, महिला सदस्यमा कमरुन निसा अन्सारी, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बसन्ती धोबी ६४० मत सहित विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका सिद्दिकीले वडाध्यक्ष निर्वाचित हुँदा ५२४ मत ल्याएका थिए । त्यतिबेला ३ वटा वडा सदस्यमा माओवादी र एक वडा सदस्यमा नेकपा एमाले विजयी भएको थियो । यसपटक नेकपा एमालेले वडा नं. ३ मा ३ सदस्य जितेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया