नेपालगन्जमा वडा नं. १ र २३ को मतगणना हुँदै

नेपालगन्जमा शनिबार विहानबाट मतगणना सुरु भएको छ । सुरुमा वडा नं. १ र २३ को मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्ज उप-महानगरकाका २३ वटा वडा मध्य वडा नम्बर १ र २३ बाट मतगणना सुरु गरिएको छ । जसमा वडा नम्बर १ मा ४३३९ मध्य ३०२५ मत खसेको छ भने वडा नम्बर २३ मा सबै भन्दा कम ९४५ जना मतदाता रहेका छन । दुबै वडामा ६/६ जना वडा अध्यक्षका उम्मेदवार रहनु भएको छ।

नेपालगन्जमा प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट, एमालेबाट पशुपति दयाल मिश्र, राप्रपाबाट नन्दलाल वैश्य तथा उपप्रमुखमा क्रमशः कमरुद्दिन राई, शान्ति ढकाल र बिन्दु चर्तिमगर प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया