बर्दियाः ७२ प्रतिशत खस्यो मत

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा बर्दियामा २ लाख २४ हजार ४ सय ९९ मत खसेको छ । ३ लाख ११ हजार ४ सय १० जना कुल मतदाता रहेको २ लाख २४ हजार ४ सय ९९ मत खसेको हो ।


८ स्थानीय तह रहेको बर्दियामा सबै भन्दा बढी ७५ प्रतिशत गुलरिया नगरपालिका र कम गेरुवा गाँउपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको तथ्यांक अनुसार, बर्दियामा ७२ प्रतिशत मत खसेको छ । ४३ हजार ४ सय ६४ मतदाता रहेको बाँसगढीमा ३० हजार ९ सय ४९ मत खसेको प्रशासनले जनाएको छ । गुलरिया नगरपालिकामा ३२ हजार ५ सय २४ मत, २४ हजार २ सय ७२ मत, बारबर्दियामा ३५ हजार ४ सय ४५, मधुवन नगरपालिकाका २५ हजार ४२ मत खसेको छ ।


बर्दिया प्रशासनले राजापुरमा ३१ हजार ३ सय ९० मत खसेको जनाएको छ । बढैयाताल गाँउपालिकामा २६ हजार ९ सय ३१ र गेरुवा गाउपालिकामा १७ हजार ९ सय ४६ मत खसेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया