आज जनप्रतिनिधि छान्दै मतदाता

आज शुक्रबार देशभरीका मतदाताले आफ्ना जनप्रतिनिधि मतदान मार्फत छान्दैछन् । मतदान अघि नै स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगका अनुसार, बाँकेका आठ स्थानीय तहमा ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका १ सय ३६ मतदान केन्द्र रहेका छन् । निर्वाचन प्रयोजनका लागि ४ हजार सुरक्षाकर्मी सहित २ हजार २ सय कर्मचारी खटिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा १ सय १७ पदको लागि ७ सय ७२ जना, कोहलपुर नगरपालिकामा ३ सय ९३ जना, जानकी गाउँपालिकामा अब १ सय ८२ जना, खजुरा गाउँपालिकामा अब १ सय ८७ जना, डुडुवा गाउँपालिकामा अब १ सय ७२ जना, नरैनापुर गाउँपालिकामा १ सय ८३ जना, राप्तीसोनारी गाउँपालिकामा १ सय ८७ जना, बैजनाथ गाउँपालिकामा १ सय ८४ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया