बाँकेमा निर्वाचन तयारी पूरा भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।
‘निर्वाचनको तयारी स्वरुप मतपत्र सम्बन्धित केन्द्रमा पठाउने, कर्मचारी तथा सुरक्षाकर्मीको खटनपटन भैसकेको छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन मंगलबार प्रशासन, सुरक्षा अधिकारीहरुको बैठक समेत बसेको छ ।’ उनले भयरहित ढंगले मतदानमा भाग लिने वातावरणको सुनिश्चित रहेको उल्लेख छ ।
‘मौन अवधीसम्म जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन प्रचारप्रसार गरेको पाइएको छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘आचारसंहिता उल्लंघनका छिटपुट गुनासा बाहेक अप्रिय कुनै पनि घटना भएका छैनन् ।’