खजुरा वडा नं. २ मा समाजवादीका उम्मेदवार सहित २९ एमालेमा

बाँकेको खजुरा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका छाड्दै एमाले प्रवेशका लहर चलेको छ । निर्वाचनका बेला एमालेको स्पष्ट भिजनका कारण उनीहरुले समाजवादी छाडेर एमालेमा समाहित भएको बताएका छन् ।

सोमबार मात्रै खजुरामा वडा नं. २ का समाजवादीबाट वडाध्यक्ष पदका उम्मेदवारले पार्टी छाडेर एमाले प्रवेश गरेका थिए । मंगलबार समाजवादीका दलित महिला सदस्यका उम्मेदवार पनि आज एमालेमा प्रवेश गरेकी छिन् ।

खजुरा गाउँपालिका वडा न २ सितापुरमा नेकपा समाजबादीबाट दलित महिला सदस्य बिर्मा सार्की सहित, टेक बहादुर सार्की, बिशाल नेपाली, रबि गुरुङ लगायत २९ जना एमालेमा प्रवेश गरेका हुन् ।

रिमझिम बजारमा आयोजित एक कार्यक्रममा हिजो प्रवेश गरेका समाजवादीका अध्यक्षका उम्मेदवार कमरेड नन्दलाल गुर्तालको पहलमा उनीहरू आफ्नै पुरानो घर नेकपा एमालेमा फर्किएका हुन् । प्रवेश गरेका सबैलाई एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वागत गर्दै बधाई दिँदै पार्टीलाई जिताउन लाग्न निर्देशन दिएका छन् । हिजो मात्रै सोही ठाउँबाट १७८ जना एमालेमा प्रवेश गरेको एमाले बाँकेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया