स्ववियुका पूर्वसभापतिहरुको रोजाईमा पशुपति

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जका स्ववियुका पूर्वसभापतिहरुले बैशाख ३० गते हुने चुनावमा नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा पशुपतिदयाल मिश्रलाई जिताउन आग्रह गरेका छन् । स्ववियु पूर्वसभापतिहरु दिपक बोहरा, प्रमोद धिताल र रत्न खत्रीले नेपालगञ्जको विकास गर्न परिपक्क नेता चाहिएकाले त्यसका लागि एमालेबाट उम्मेदवार बनेका मिश्र उपयुक्त भएको बताउनु भएको छ ।
नेपालगञ्ज पश्चिमको ठूलो शहर हो । शिक्षा, स्वास्थ्य, पर्यटनको हब नै हो भन्दा हुन्छ । यति ठूलो महत्व बोकेको शहरको मेयर पनि परिपक्क हुनु पर्ने स्ववियुका पूर्वसभापतिहरुको भनाई रहेको छ ।

समग्र नेपालगञ्जको विकासका लागि लहडमा नभई परिपक्क नेतालाई सोचेर मत दिन उनीहरुको आग्रह छ । पूर्व सभापतिहरुको भनाई थियो, पशुपतिदयाल मिश्र अरु भन्दा परिपक्क र भिजन भएका नेता हुन्, मिश्रले जित्दा नेपालगञ्जको गरिमासँगै विकासमा फड्को मार्छ ।

केही दिनमै नेपालगञ्जको मेयर पशुपतिदयाल मिश्र, प्रशान्त विष्ट र नन्दलाल बैश्यमध्ये एक जना हुन्छन् । क्याम्पसका राजनीति गरेर पार्टी राजनीतिमा उपल्लो तहमा पुगिसकेका पूर्व सभापतिहरु र नेपालगञ्जका मेयर डा. राणाले समेत गुण्डाको अखडा बन्न नदिन र विकास गर्न सक्ने सक्षम नेतालाई मत दिनुस् भन्ने अभिव्यक्तिले नेपालगञ्जवासीले यसपटक सोचेरै मत दिनु पर्ने देखिएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया