एमालेबाट नेपालगन्ज उप महानगरपालिकामा मेयरका उम्मेदबार पशुपति मिश्रा नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाके जिल्ला सहइन्चार्ज हुन् । मिश्रा २०५४ साल देखि निरन्तर राजनीतिमा सक्रिय छन् ।
मिश्रा २०५४ साल मै नेपालगन्जसंग जोडिएको हिरमिनिया गाविसको अध्यक्षमा निर्बाचित भएका थिए । गाविस अध्यक्ष संगै मिश्रा गाविस महासंघ बाँकेको अध्यक्षमा निर्वाचित भएर बाके जिल्ला कै युवा नेता बन्न सफल भएका थिए ।
मिश्रा जिबिस बाकेको सभापतिमा चुनाब लडेरबाट ३९ मतले पराजित भए । तर हार खाएनन त्यसको केहि समय पछि जिविस बाँकेको सभापति भए । त्यस पछि मिश्राले सुकुम्बासी समस्या समाधान आयोग को केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज भएर काम गरे । मिश्रा राजनीति संगै व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन ।
मिश्राले नेपालगन्जको कर्णाली बिकास बैकको अध्यक्ष, बागेश्वरी एफएमको संचालक समितिको सदस्य भएर काम गरि सकेका छन भने मिश्राका छोराहरुले मेरो प्लानेट फन पार्क र प्लाइउड कारखाना संचालन गर्दै आएका छन् ।
चुनावी अभियान कहाँसम्म पुग्यो ? निर्वाचन मुखैमा आइपुग्यो, कसरी चल्दैछ ?
चुनावी अभियान दु्रत गतिमा अघि बढिरहेको छ । पार्टीसाथीहरू, शुुभेच्छुक र आम नेपालगन्जबासीहरु उत्साहित छन् । उम्मेदवारको हैसियतले म उत्साहित छु ।
जनतासम्म पुग्दाको अनुभूतिलाई कसरी व्यक्त गर्नुहुन्छ ? खासगरि, पुराना अनुभव र अहिलेको वास्तविकतालाई उजागर गर्नुपर्दा नि !
पहिलेको तुलनामा अहिले जनता एकदम खुशी र सकारात्मक छन् । स्थानीय सरकारसंग जनताका धेरै किसिमका कामहरु पर्छन् । मेरो काम गर्ने शैली , अनुभब र ब्यवहारका कारण मेरो उम्मेदवारी प्रति जनता धेरै खुसी छन् ।
पशुपति भर्सेस अरु उम्मेद्वार, अरु पार्टी (गठबन्धन) विरुद्ध एमाले जस्तो देखिन्छ, मैदानमा चाहीँ के अवस्था पाउनु भयो ?
विगतको चुनावी परिमाणमा जोडघटाउ गर्दा गठबन्धनको धेरै देखिए पनि आजकोे दिनमा जनताको विश्वास र मत एमालेको पक्षमा देखिएको छ । जसका कारण म निक्कै उत्साहित र आशावादी छु ।
तपाईंले आफ्नो दृष्टिकोण सहितका प्रतिबद्धता सार्वजनिक गर्दा सपना बढि बाँढियो भन्ने चर्चा गरिएका छन् । प्रतिबद्धताहरु पुरा गर्ने आधारको सुनिश्चितता सहितका हुन् वा फगत चुनावी नारा हो ?
हामीले घोषणा पत्रमा गर्न सक्ने सम्भावना भएका योजनाहरुलाई मात्रै अगाडि सारेका छौ । जनताले बिश्वास गरेर जिताए भने हामीले घोषणा पत्रमा उल्लेख गरेका काम गरेर देखाइदिन्छौ ।
साँघुरा सडक, अव्यवस्थित पार्किंङ र मनपरी सडक क्षेत्र कब्जा गरिंदा अस्तव्यस्त अवस्था छ, तपाईं साइकल लेन बनाउँछु भन्नुहुन्छ, जरुरी सवाल तर सम्भव कसरी हुन्छ ? त्यसमाथि सोलार प्यानलको छाना ! ल न बुझ्ने गरि भनिदिनुस् ।
साइकल लेन बनाउन नयाँ सडक बनाउनु पर्छ भन्ने छैन । अहिले भएकै सडकको एक तर्फ एरिया छुट्याएर बिज्ञहरुको सहयोग लिएर साइकल लेन बनाउन सकिन्छ ।
विभिन्न प्राइभेट कम्पनीहरु संग सहकार्य गरेर हामीले बाटो, विद्यालयको छाना, घना बस्ती भएका क्षेत्रमा घरका छतहरुमा सोलर प्यानल जडान गर्न सक्छौ । यस्ता योजनाहरु प्राइवेट पब्लिक पार्टनरशिप अवधारणाबाट अगाडि बढाउन सकिन्छ । यस्ता आयोजनाहरुमा प्राइवेट कंपनीले संरचना बनाऊछ, त्यो संरचना बाट निश्चित अवधिसम्म आय आर्जन गर्छ र पछि सरकारलाई हस्तान्तरण गर्छ ।
उपमहानगर पालिकाले अहिले वृक्षारोपणका लागि जग्गा उपलब्ध गराउन सक्ने अवस्था छैन भनिरहेको समाचार बेलाबेलामा आउने गरेको बेला वृक्षारोपण अभियान कहाँ सञ्चालन गर्नुहुन्छ ?
वृक्षारोपण गर्नको लागि सरकारी जग्गा मात्र नभएर हामीले एक घर एक वा दुई बिरुवा अभियान चलाउन सक्छौ । घना बस्ती बाहेकका क्षेत्रमा सरकारी जग्गामा वृक्षारोपण गरेर हरियाली प्रबद्र्धन गर्न सकिन्छ ।
वीमाबाट स्वास्थ्य उपचारको कुरामा तपाईंको योजनामा प्रश्न उठेको त छैन, तर मानिसहरुमा पत्यारको प्रतिक्रिया पाइएन । पूर्वतयारी केही छ की यो पनि भैहाल्छ नि वाला कुरा हो ?
हामीले यो योजना सार्नु अघि विभिन्न बीमा कंम्पनी संग परामर्श गरेका छौ । एक व्यक्तिको स्वास्थ्य बीमा मा लगभग ५००÷– को खर्च लाग्दो रहेछ । निम्न आय भएका लगभग ३० हजार जनाको बीमा शुल्क नगरपालिकाले तिरेर बाँकीलाई बीमा गर्न प्रोत्साहित गर्नुपर्छ । यसो गर्दा लगभग वार्षिक १ करोड ५० लाख खर्च लाग्ने देखिन्छ जुन नगरपालिकाको श्रोतबाट सम्भव छ । बिरामी हुँदा अस्पतालमा बिमाको कम्पनी मार्फत सोझै अस्पताललाई भुक्तानी गर्ने व्यबस्था मिलाउन सकिन्छ ।
निर्वाचनका बेला ठुलाठुला कुरा गर्ने पछि बिर्सिनेलाई त जनताले औंला होइन लौरो पो देखाउँलान् जस्तो सन्देश पछिल्ला दिनहरुमा प्रवाह गरिरहेका छन् । तपाईले अलिक ठुलाठुला कुरा नै गर्नु भयो की नेपालगन्ज जत्तिको सहरका लागि यी आवश्यक योजनाभित्रै पर्छन् ?
नेपालगन्जको वास्तविक पोटेन्शियल हामी नेपालगन्जवासीले आफै पनि बुझेका छैनौं । यो शहर को भौगोलिक परिस्थिति, सामाजिक सद्भाव, प्राकृतिक श्रोत साधनलाई हेर्दा यो देशकै प्रमुख औद्योगिक, व्यापारिक तथा पर्यटकीय शहर हुनुपर्ने हो, तर हामीले राम्रो संग काम गर्न नसकेकै कारण हामी पछि परेका हौ । नीतिगत अन्यौलताका र लगानी मैत्री बाताबरण हुन नसक्दा लगानीकर्तालाई हामीले आकर्षित गर्न सकिरहेको छैनौं । धेरै योग्य र क्षमता भएका पुवाहरु पयलान भई रहेका छन । सबै क्षेत्रसंग सहयोग र सहकार्य गरेर हाम्रो शहरलाई सम्बृद्ध बनाउन सकिछ ।
अन्त्यमा
अन्त्यमा नेपालगन्जको बिकास र सम्वृद्धिका लागि सुर्य चिन्हमा मतदान गर्नु हुन बिनम्र अनुरोध गर्दछु । किनभने हाम्रा उम्मेदवार भिजन सहित प्रस्तुत भएका छन् । २३ वटै वडामा उम्मेदवारहरुका आ–आफ्ना भिजन छन् । त्यसको नेतृत्व गर्ने म छु । त्यसैले सबैलाई स्पष्ट बहुमतका साथ विजयी गराउन अनुरोध छ ।