महिलाहरुलाई अगाडि बढाउन मेरो उम्मेदवारी

आसन्न स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता हुन साथ प्रचारप्रसार पनि तिब्र भएको छ । गाउँ शहर वडा वडामा चारै तिर उम्मेदवारहरुको टोली आ आफ्नो दलका उम्मेदवारका लागि भोट दिने अपील गररिरहेका छन् । चारैतिर चुनावी रौनक र माहोल छ । दलका प्रतिनिधि र कार्यकर्ताहरु सकृय भ एकैछन् । साथै पत्रकार, नागरिक समाज र प्रहरी प्रशासन पनि निकै सकृय देखिन्छ ।

यही चुनावी चहलपहलका बीच नेपालगन्ज खजुरा गाँउपालिका उपप्रमुखकी पदका उम्मेदवार ताजरुननिशा खाँसंग दैनिक नेपालगन्जले कुराकानी गर्दा । कुराकानीका दौरान उनले आफ्नो भावी योजना र प्रतिबद्धताहरु दैनिक नेपालगन्ज समक्ष राखिन् । आजको विशेष ।

परिचबाट कुरा शुरु गरौं ?

मेरो नाम ताजरुननिशा खाँ हो । मेरो माइती खजुरा वार्ड नं. ८ रनियापुर बठवामा पर्छ र मेरो घर चाहिँ खजुरा वार्ड नं. ७ मा पर्छ । नेकपा एमालेबाट म खजुरा गाँउपालिका उपाध्यक्ष पदको उम्मेदवार हुँ ।

उम्मेदवार हुनुअघि तपाईंको परिचय के थ्यो, के गर्नु हुन्थ्यो ?

निर्वाचनमा उठ्नुभन्दा पहिला सामाजिक काममा समर्पित थिएँ । म एक सकृय समाजसेवी हो । विभिन्न संघसंस्था मार्फत समाजसेवा गर्दै आएकी हुँ ।

यसै क्रममा स्वास्थ्य स्वयंसेवीका भएर पनि जिम्मेवारी निर्वाह गरें । विभिन्न संघ संस्थामा आबद्ध हुने क्रममा म फातिमा फाउण्डेशन– नेपालले संकल्प–काठमाडौंको सहकार्यमा आयोजना गरेको परियोजना अन्तर्गत सामाजिक अभियानकर्ता भएर महिलाहिंसा विरुद्धको अभियान, बालविवाह रोकथामका लागि समाजमा सकृय भएर लामो समय सम्म काम गरेँ ।

त्यही परियोजना मार्फत नेतृत्व विकास, मनोसामाजिक परार्मश जस्ता तालिम लिएर समाज सुधारमा योगदान पुर्याएँ । जनताले मेरो असल काम र इमानदारितालाई देखेर उपप्रमुख बनेर महिलाका लागि र समग्र समाजका लागि अझ् बढी काम गर्न सकिन्छ भनी हौसला बढाएपछि उम्मेदवारी दिएकी हुँ ।

३. राजनीतिमा लाग्नुको कारण के छ ?

म समाजसेवी र स्वयंसेवीका भएर निःस्वार्थ रुपमा बिना भेदभाव हरेक जनताको लागि काम गरेँ । तर समाजसेवीको रुपमा चाहेको वा सोंचेको जस्तो काम गर्न सक्ने वातावरण नहुने अवस्था धेरै रह्यो । अनि जिम्मेवार पदमा अर्को व्यक्ति छदाँ आफुले जनहितका लागि सोंचे जस्तो गर्नु छ भने पदमा बस्न आवश्यक ठानेर उम्मेदवारी दिएँ । यसका साथै पछाडि परेका र पारिएका मुस्लिम मधेशी दलित लगायतका समुदायका महिलाहरुलाई अगाडि बढाउनका लागि पनि मैले उम्मेदवारी दिएकी हुँ ।

राजनीतिमा कहिलेदेखि लाग्नु भयो ?

मलाई नेकपा एमाले पार्टीले उप–प्रमुखको उम्मेदवार बनाएको हो । यही दलबाट मैले राजनीति गरें । मेरो ससुरा विगत लामो समय देखि यही दलमा आबद्ध हुनुहुन्छ । ससुरा मात्र होइन हाम्रो पुरै घरपरिवार यही पार्टीमा आबद्ध छन् । हाम्रो पारिवारिक जीवनको लामो लगानी छ यो पार्टीमा । त्यही कारणले मलाई टिकट पाउन त्यति गाह्रो पनि भएन । २०७४ सालमा नै मलाई उपप्रमुखमा टिकट दिने कुरा उठेको थियो तर दलित महिलालाई प्राथमिकता दिने समावेशी नीति रहेकोले मेरो उम्मेदवारी हुन सकेन । अनि यो दलले मुस्लिम, मधेशी, दलित र पहाडी सबैलाई समान अवसर र समान सम्मान दिन्छ । हेर्नुस् न म मुस्लिम हँुदा पनि मलाई यसपाली उपप्रमुख पदको लागि टिकट दिएकोछ । अब मतदाताले जिताउनुहुनेछ, भन्ने विश्वास छ ।

अरु पार्टीबाट पनि उम्मेदवार उठेछन् तपाईलाई भोट दिनेछन् भन्ने आधार के हुन् त ?

विगत लामो समय देखि म समाजसेवा गर्दै आइरहेकी छु । आफ्नो गाँउ समाजमा समाजसेवा गर्ने क्रममा कहिले पनि कुनै जाति, समुदाय र धर्मलाई विभेद गरेकी छैन । समान रुपले सबैलाई सम्मान गर्दैआइरहेकी छु । मेरो छवि समुदायमा एक इमान्दार, कर्मठ, निःस्वार्थ, लगनशील र कर्तव्यनिष्ठ महिलाको रुपमा रहेको छ । महिला इमान्दार हुन्छिन् र पनि महिला नै हुँ म भ्रष्टाचार गर्दिन भनी जनतालाई विश्वास छ यस कारण यिनै कारणले अरुलाई नदिएर जनताले मलाई भोट दिनेछन् भनी म विश्वस्त छु ।

उसो भए जनताले तपाईलाई नै किन चुन्ने ?

म यही गाँउठाँउमा जन्मेकी हुर्केकी विवाह पश्चात यही गाउँ समुदायमा समाजसेवा गर्दै आइरहेकी हुनाले सबैले मलाई चिन्दो रहेछन् । मेरो घरपरिवार मेरो व्यक्तित्व बारे सबैलाई थाहा छ । मेरो बोली र वचन, मेरो व्यवहार र आचरण, मेरो इमान्दारिता र निःस्वार्थता अनि मैले सबैलाई गर्ने समान व्यवहार गर्नले गाउँ समाजले मलाई मन पराउँछन् । यस कारण उनले मलाई अवश्य चुन्नेछन् भन्ने विश्वास छ ।

जितेपछि तपाईले जनताका लागि के गर्नुहुन्छ ?

जितेपछि म सबभन्दा पहिला बालविवाह रोकथामका लागि अभियान नै सञ्चालन गर्नेछु । यसका साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउनका लागि सीप मुलक कार्यक्रम र योजनाहरु लागु गर्नेछु । जनतालाई सहज रुपमा सेवासुविधा उपलब्ध गराउनेछु । मेरो कार्यालयमा कसैसंग कुनै आधारमा विभेद गरिने छैन । प्राथमिकताका साथ शिक्षा, सडक नाला राम्रो बनाउन तर्फ पनि लाग्नेछु । यो त मैले व्यक्तिगत रुपमा गर्ने काम भने यो बाहेक पनि हाम्रो पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषय र सवालमा पनि सकृयता साथ जिम्मेवारी निर्वाह गर्नेछु ।

तपाईका मुख्य प्रतिबद्धताहरु के छन्?

मेरो गाउँमा मुस्लिम समुदायको बाहुल्यता छ । मुस्लिमहरु उच्च शिक्षा पढाउन गाउँ बाहिर पठाउदैनन् । आफ्नो गाँउका खास गरी छोरीहरुलाई पढ्न टाढा जान नपरोस् भनी आफ्नो गाँउमा रहेको विद्यालयमा नै गुणस्तरीय उच्च तह सम्मकै कक्षा संचालन गराउन पहल गर्नेछु । आवश्यकता अनुसार सडक नालाहरु बनाउनेछु । गुणस्तरीय स्वास्थ्य सेवासुविधा औषधी उपचारको व्यवस्था गाउँमा नै गर्नेछु ।

अन्तमा केही भन्नुछ ?

अन्तमा म यति भन्न चाहन्छु कि मुस्लिम समुदायका महिलाहरुले पद पाए भने जिम्मेवारी निर्वाह गर्न सक्छिन् । उनीहरुलाई पनि पढ्न अगाडि बढ्न आर्थिक, सामाजिक र राजनीतिक रुप सशक्त हुन अवसर दिनुपर्छ । उनीहरुले अवश्य पनि सकारात्मक परिवर्तन गर्न सक्छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया