कमरुद्दिन राईले जारी गरे प्रतिबद्धता

जनता समाजवादी पार्टी नेपाल बाँकेले आफ्ना उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धता सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य मो. इस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार राई सहितले सामूहिक रुपमा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले गठबन्धनको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । नगर उपप्रमुख पदका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिकामा एमाले र राप्रपालाई ढाल्नका निम्ति नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीबीच संयुक्त रुपमा गठबन्धन बनेको स्पष्ट पारे ।

जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत प्रतिवद्धता पत्रमा शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, सँस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांगता सम्बन्धी विषयलाई बुँदागत रुपमा समावेश गरिएको छ ।

प्रतिवद्धता पत्रमा भएका विषयलाई जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक हिक्मत बिकले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया