लाइफलाइन अस्पतालमा डायलोसिस सेवा

नेपालगन्जमा रहेको लाइफलाइन जनरल हस्पिटलले मृर्गौला बिरामीहरुका लागि डायलोसिस सेवा सुरु गरेको छ । नेपालगन्जको भेरी अस्पतालमा डायलोसिस सेवा उपलब्ध छ । तर, बिरामीहरुको यति धेरै चाप छ कि पालो कुर्दा सेडुअल अनुसार डायलोसिस निकै कठिन छ । कोहलपुरमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालमा डायलोसिस सेवा सञ्चालनमा छ । त्यहाँ पनि बिरामीको चाप छ, सशुल्क डायलोसिस गर्नुपर्दछ । भेरी अस्पतालमा भने निःशुल्क डायलोसिस हुँदै आएको छ ।

डायलोसिसका लागि बिरामी काठमाडौं र लखनउ धाउनु पर्ने, अनावश्यक झन्झट व्यहोर्नु परेको अवस्थामा अस्पतालले डायलोसिस सेवा सुरु गरेको हो

डा. पारस श्रेष्ठ

नेपालगन्जमा डायलोसिसका लागि पालो नपाउँदा बिरामीहरु काठमाडांै र भारतको लखनउ जानु पर्ने बाध्यता रहेको छ । त्यसैले लाइफलाइन जनरल हस्पिटलले ५० लाख लगानी गरेर डायलोसिस सेवा सुरु गरेको हो । अस्पतालले अन्य निजी अस्पतालले भन्दा कम मूल्यमा डायलोसिस सेवा सुरु गरेको हो ।

लाइफलाइन जनरल हस्पिटलका डा. पारस श्रेष्ठले डायलोसिसका लागि बिरामी काठमाडौं र लखनउ धाउनु पर्ने, अनावश्यक झन्झट व्यहोर्नु परेको अवस्थामा अस्पतालले डायलोसिस सेवा सुरु गरेको बताए । ‘प्राइभेट अस्पतालबाट नेपालगन्जमा सुरु भएको डायलोसिस सेवा पहिलो हो’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया