शंखनाद पत्रिकामा सम्पादक राम गोपाल वैश्यको चर्चित स्तम्भ थियो – त्रिभुवन चोक बोल्छ । वैश्य बिते, स्तम्भ अझै कुर्लिरहेको छ । नेपालगन्ज र पश्चिम नेपाल पढ्दैछु । त्रिभुवन चौक चुगलखोरीको लागि प्रसिद्ध छ । चुनावी मौसम पनि बसन्तमैश्रृतु मै परेछ । यसैबेला काग कोइली छुट्टिने । सबैका यहाँ चुनावी पार्टी कार्यालय छन । कुनै समय जुद्ध शमशेरको मूर्ति ठडिने ठाँउमा अहिले अनुहार बिग्रीएको सालिक ठडिएर त्रिभुवन नाम दिइएको छ । सबै नक्कली भएको ठाँउमा सालिक नै विरूप भएपनि फरक कसलाई पर्छ र !
धेरै दिनदेखि मेरो सहरका कथा कहन छुटेको छ । बौलाहाको डायरीको बिट पनि मारिएको छैन । ‘बौलाहा’इन्जिनियरको दिल र दिमाग अव तितो यर्थात स्वीकार्ने भैसक्यो । तंग्री सके । चौकमा एक्कासि भेटिएर गर्जिए– तिमी लेखक, पत्रकारहरूलाई विभत्स कथा चाहिन्छ, पीडा र आँशु चाहिन्छ । कथा मोडिन्छन्, नयाँ जिन्दगी जीवनबोध फेरिन्छ । तर तिमीहरूका सोच भने फेरिँदैन । तिमीहरूको घटना र विचारलाई किन र कसरीसंग जोड्दैनौँ, खोज्दैनौ । अत्यन्तै हतारमा हुन्छौ, है… । एउटै लेख, समाचारले लक्षित व्यक्ति वा समूहलाई के, कस्तो प्रभाव पार्छ ? ख्याल गर्छौ ! ’

एलन मस्क विश्व धनाढ्य बनेकोमा उनी असाध्यै खुशी छन । त्यसभन्दा पनि माइक्रो ब्लगगिङ टयुटर किनेर अव संसारकै सोच, विचार र तर्क पनि मास्ककै नियन्त्रणमा हुन्छ भन्ने विश्वास छ । पूर्वप्रेमिकाबारे कुरा उप्काएँ । शान्त, सहज र सरल तरिकाले भनेः एकपटक नजरबाट खसेको मान्छे जतासुकै जाओस्, जेसुकै गरोस् । नसोध मलाई …उस्को नयाँ ठेगाना । बाटो फेरियो, विश्वास फेरियो, संवेदना फेरिए । भेट्या छैन् । भेट्दा पनि अरुलाई भेटे बराबर होला, तर्कनु पनि छैन, लहसिनु पनि छैन ।’

बौलाहाको डायरीको नयाँ र अन्तिम इपिसोड लेख्नेछु भनेर उनीसँग बिदा भएँ । नयाँ तरिकाले जीवन र जगतलाई सोच्ने सामान्यभन्दा फरक तरिकाले जीवन गुजार्नेलाई समाजले बौलाहा भन्छ नै । म पनि त नयाँ खाले एउटा ‘बौलाहा’ नै हुँ । सहर गाँउ, देशात चार्हादैछु । सवैतिर चुनाव लाग्यो । मर्निङवाकबाट फर्कदैगर्दा छिमेकीहरू बाझाबाझ गर्दैरहेछन । लच्छेदार गाली लयपूर्ण थिए । अनौठो गाली सुनीँ –तेरा घरमा झण्डा टागिँयोस ।’

झण्डा अहिले मान्छेको उन्मादी परिचय भएको छ । मानवलाई मान्छेमा फेर्ने झण्डा– अहंकार बनेको छ । आस्थाका समर्पणभन्दा अरूभन्दा भिन्नताको तुजुग बनेको छ । झण्डा ललकार्छ –भिन्नलाई । झण्डा हामी र उ मा समाज बाँडिदैछ । नेपालगन्जमा आस्था अनुसारका गम्छाका रङ्ग हुन्छन । धेरैजसो घरमा झण्डा टाँगिएका । राजनीतिक पार्टीका, पार्टीका चुनाव चिन्हका, हनुमानका, ओमका, इस्लामिक प्रतीक चिन्हका, शिखपन्थका, ब्रम्हकुमारीका, गुरुदेवकाअरू पनि के केका…. केकेका …।
आज शनिवार । शनिग्रह पन्छाउन पिपल वृक्ष परिक्रमा गर्दैगरेका केही उम्मेदवार पनि देखेँ ।
हुनपनि मेरो वार्डमा एकै आमाका २ छोरा एउटा कांग्रेसबाट, अर्को एमालेवाट अध्यक्ष उमेदवार । मातातिर्थे पर्वमा माताश्रीले कसलाई आशिष दिने ! उफ
समय फेरिए, परिचय फेरियो,कर्म फेरियो । २२ वर्षपछि मुकरीको हातले बनेको चिया, चाट र सोमोसाको भने उही स्वाद, उही व्यवहार । मुकरीको न्याय समान छ । सबैलाई तुम भन्छ, सबैले आफ्नो पालो पर्खनुपर्छ ।

सनत रेग्मी पुराना घागडान कांग्रेस हुन र पूर्व मेयर विजय गुप्ता पनि । प्राज्ञ रेग्मी अहिले साहित्य साधनामा छन र पार्टीविहीन स्वतन्त्र प्रजातान्त्रिक भन्छन् । पूर्व कांग्रेसी मेयर गुप्ताको परिचय कांग्रेसबाट तमलोपा हो । हामी गुप्ता निवास पुगेर चिया खायौँ । ५ जनाको ५ राजनीतिक परिचय । आतिथ्य प्रदान गर्ने पूर्व कांग्रेसी गुप्ता तमलोपाका नेता, प्रज्ञा सचिव (पूर्व) एवं काग्रेस सभापति (पूर्व) रेग्मी, विपी कंग्रेसका तेजु शर्मा, नेकपा एमालेका बांके सल्लाहकार समिति अध्यक्ष एवं लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का तत्कालीन गभर्नर (पूर्व) मधुसुधन शर्मा ।

चुनावी नामांकन पहिलानै समाजका विभिन्न क्षेत्रका अगुवासँग अनौपचारिक छलफलले एउटा पश्चिम नेपाल र नेपालगन्जको चित्र क्यानभासमा कोरिसकेको थिँए । नगरपिता एवं एमालेबाट राजनीति यात्रा राप्रपाको महामन्त्रीमा अव सक्रिय धवल शमशेरसंग अन्तरंग छलफलबाट सुरु भयो । त्यसपछि जसपा नेता इस्तियाक राई, चर्चामा रहेका नेकाका संवाभित प्रत्यासी डा. सुरेश कनौडिया, माओवादीकी पूर्ण सुवेदी, आइपी खरेलसंग राजनीति भित्रका पोलिटिक्स र पार्टीभित्रका गुट, गुटभित्रको गिरोहबारे अनौपचारिक चर्चा भएकै हो ।
हामी नेकपा एमाले नेता, मेयर उम्मेदवार कम. पण्डित पशुपतिदयाल मिश्रको अफिस पुग्यौँ । कम.मिश्र सेल कमिटी सदस्य नै नबनी कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य बनेर विश्व रिकर्ड ब्रेक गर्दै गिनिज बुक्समा नाम लेखाउने भाग्यशाली प्रत्यासी हुन । भीड थियो, कमरेड मिश्रसंग धेरै जिज्ञाशा राख्ने मौका जुरेन । केही समयदेखि शिरमा टल्केको ढाका टोपी भने कम. मिश्रलाई असाध्यै सुहाएको छ ।
त्रिभुवन चौक नेपालगन्जः माओवादीबाट राप्रपा प्रवेश गरेर मेयर उम्मेदवार बनेका नन्दलाल वैश्यलाई उहाँकै गद्दीमा भेट गरिछ । अनि माओवादी केन्द्रिय सदस्य अतहर हुसेन फारूखीसंग । दुवैसँग सिष्टाचार भेटमा एमाले सल्लाहकार समिति बाँके अध्यक्ष मधुसुदन शर्मा साथै थिए । दुवैसँग मैले नसोधेका प्रश्नहरू धेरै छन । कम्युनिष्ट माओवादीबाट राप्रपामा जाँनु वैश्यको सामु धेरै दार्शनिक,राजनीतिक, सामाजिक र सास्कृतिक प्रश्न थिए होलान । त्यसको जवाफ स्वयंले दिनु पर्ने थियो होला । दोश्रो अतहर हुसेन एउटा मजहवी मुसलमानलाई भौतिकवादी बन्नु कति कठिन होला ! मजहव र पार्टी दुवैमा नाटकिय भूमिकामा रहन उनको विवशता । मैले वैश्लाई राजनीतिको वैश्य युग र फारूखीलाइ सुविधा अनुसारको सिद्धान्तबारे कुनै प्रश्न गरिन ।

एउटा कृटिक चश्माले पश्चिम नेपालमा नामाङ्कनपत्र भर्नुपहिला चुनावलाई कसरी नियाल्दैछ त ? पार्टी र मतदाताबीचका समानता के छन ? के हिमाल, पहाड र मधेश तराइमा पार्टीहरू बीचको भिन्नता र समानता के हो ? निराशा भएको जनमतलाई यो स्थानीय चुनावले आशामा फेर्न सक्ला ? जव जनतामा निरास आएको छ तव पनि चुनावको टिकटमा होडवाजी किन बढेको छ ? सवै पार्टी नियाल्दा पार्टी सकिएर एउटा राजनीतिक उध्यममा फेरिएको, इतिहासको ट्ेडर्माकमा फेरिएको र सिद्दान्तले भन्दा प्रतिकृयाले हाकिँएका र भ्रटाचार सवै पार्टीलाई समान रुपले गाँजेको देखाप¥यो ।

आफूलाई सही ठह¥याउने सवैसंग तर्क हुन्छन । युद्ध र राजनीति दुवैमा होमिने मान्छे हृदयले हैन मस्तिष्कले सोच्ने गर्छन । परिणामको हिसाब गर्न थाले मैदानमा हाम फाल्नै सकिँदैन । नियत प्रस्टिने परिणामले हो । सार्वजनिक जीवनमा होमिनेले ताली, लाली र गाली मात्रै हैन लात्ती खान पनि तयार हुँनुपर्छ । फत्ते सिह थारू नेपाली राजनीतिका शालिन चरित्र हुन । समयको वहाव चिन्नुपर्छ, ।
सत्ता त फेरियो, तर त्यसै अनुसारको राजनीतिक चरित्र भने फेरिन सकेन । विष्टहरूले मन र मस्तिष्कका कुरामा दलित, महिला, जैविक कार्यकर्ताहरू मतदाता मात्रै हुँन भन्ने फेरी प्रस्ट्याए । संवैधानिक वाध्यात्मक अवस्थालाई समेत छले । प्रश्न फेरी उठ्योः के दलित र महिला साँच्चै क्षमता विकास र दायित्व निर्वाह गर्न नसक्ने हैसियतकै हुँन ? के महिलाहरू चुलोकी रानी मात्रै ? कुन पार्टीले कति दलित र महिलालाई कार्यकारी पदमा उम्मेदवारी दियो ? वहस बनेन ।

मुर्दा समाज र भीडमा फेरिएका जनता, लालदास बनेका कार्यकर्ता प्रश्न नउठाउँदा सङ्गठित अपराध र वैधानिक भ्रष्टाचार हुन्छन । एक घटनाले अर्को बिर्साइदिन्छ । हामीलाई बिर्सने रोग अल्जाइमर लागेको छ । आत्महत्या नगरेर नागरिक बन्न नसकेका रैतीहरू अहिले मतदाता छन । राजनीतिलाई व्यवसाय बनाउदैछ क्रेप्टोक्रसी चलाउने राष्ट्रिय हास्यकलाकार संस्थामा पार्टी बन्दैगए । इतिहास भने निर्मम छ ।
चौतर्फी… चुनाव लाग्या छ । चुनावले नै सबैको मन र मस्तिष्क छर्लंग देखिए । नयाँयुद्दको कर्णाल फुक्ने विप्लव माओवादी फेरी फुटयो । सिके राउत चुनावी मैदानमा आए । कसैको पनि गर्मी सदा रहनेछैन भनेर अाँउदैछ, वर्षात । उमेर ढल्कनेछ, तरूणाइपना क्रमशः खस्कदैँ जानेछन् । गरिएका घृणाले समीक्षा माग्नेछ । टुट्नेछन्ः समयसँगै घृणाका पर्खालहरू । शब्दले संवेदनासमेत अर्थ लगाउनेछन्, खोज्नेछ । उत्तेजनामा खर्चिएका शब्दहरू लाजका पसारो पर्नेछन् । हो, बसन्तमै काग र कोइली छुटिन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया