यस्तो छ, दीक्षितको प्रतिबद्धता

एमालेबाट नरैनापुर गाउँपालिका वडा नंं. ५ का वडाध्यक्ष पदका उम्मेदवार विनय दीक्षितले वडाबाट प्रदान गरिने सुविधा जनताकै घरदैलोमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । उनले वडाबाट हुने स–साना काममा पनि वडाबासीले अनावश्यक झन्झट र समय लाग्ने अवस्थाको अन्त्य गर्ने वडाध्यक्ष पदका उम्मेदवार दीक्षितले बनाए । ‘वडाबाट सेवा प्रवाह गर्दा जनताको समयको बचत गरिने मात्रै होइन सुविधा घरमै पुर्याउने व्यवस्था मिलाउने छु’, दीक्षितले भने । ‘पालिका होस् वा वडाबाट दिइने सुविधा, कुनै आग्रह, पूर्वाग्रह विना नै स्थानीयले समान रुपमा पाउने व्यवस्था मिलाउँछु’, उनले भने ।

वडाध्यक्ष पदका उम्मेदवार दीक्षितले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुशासनमा जोड दिएका छन् । वडा हुने काममा ढिलाई भए क्षतिपूर्तिको समेत व्यवस्था गरिने उल्लेख गरेका उम्मेदवार दीक्षितले भने, ‘हरेक नागरिकलाई समान व्यवहार गरी मुस्कान सहितको सेवा दिइनेछ ।’

यस्तो छ, दीक्षितको प्रतिबद्धता

१. मटेहिया गाऊँ हुलाकी सडक देखि गिजरहवा जानेबाटो निर्माण ।
२. करधनिया सौजहवा नालामा कल्भर्ट निर्माण ।
३. हुलाकी सडक देखि करारीदास बाबा कुट्टी हुँदै नयाँबस्ती सम्म कालोपत्रे सडक निर्माण
४. मटेहिया गाऊँ महेन्द्र मा.बि.हुँदै हुलाकी सडक सम्म कालोपत्रे सडक निर्माण ।
५. मटेहिया गाऊँ देखि नेवाजी गाऊ हुँदै भगवानपुर सम्म कालोपत्रे सडक निर्माण ।
६. हुलाकी सडक देखि जमुनहा गाऊ सम्म कालोपत्रे र सडकको दुबै तर्फ नाली निर्माण गर्ने ।
७. हुलाकी सडक देखि हुलास पुर्वा सम्म कालोपत्रे सडक निर्माण ।
८. मोतीपुर गाऊँ देखि उत्तर क्रिकेट मैदान स्थापना ।
९. गौशालालाई आधुनिकीकरण गरी मल उत्पादन, दुग्ध उत्पादन र रोजगारी सृजना गर्ने ।
१०. सबै गाऊँमा प्रभावकारी नाली ब्यवस्थापन ।
११. हरेक घरमा खानेपानीको प्रभावकारी ब्यवस्थापन ।
१२. शिक्षा र स्वास्थ्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने ।
१३. वडा कार्यालयको सम्पूर्ण सुबिधा जनताको घरमा उपलब्ध गराउने ।
१४. वडा कार्यालयबाट समयमा काम नभए क्षतिपूर्ति दिइने छ ।
१५. हरेक नागरिकलाई समान ब्यवहार गरी मुस्कान सहितको सेवा दिने ।
१६. मटेहिया गाऊँ देखि मौजीदास बाबा कुट्टी सम्म कालो पत्रे सडक निर्माण गर्ने ।
१७. स्थानीय वासीको सल्लाह अनुुसार अन्य कार्य गर्ने ।

प्रतिक्रिया

प्रतिक्रिया