सर्वोच्च अदालतका माननीय न्यायाधीश प्रकाश कुमार ढुंगानाले बार र बेन्च न्याय सम्पादनका सहयात्री भएको बताएका छन् ।
अदालत निरिक्षणका क्रममा नेपालगन्ज आइपुगेका न्यायाधीश ढुंगानाले सर्वोच्च अदालतले कहिले पनि गैर कानूनी काम नगर्ने बताउँदै कानूनी शासन, मानव अधिकार र लोकतन्त्र भन्दा बाहिर आफु र अदालत नभएको बताएका थिए ।
बारसंगको छलफलका क्रममा नेपालगंजका कानून ब्यवशायीहरु गिरवर प्रसाद अग्रवाल, टिकाजंग सिंह, सुनिल कुमार श्रेष्ठ, इश्वरी ज्ञवाली, बसन्त गौतम, लोक बहादुर शाह, बिश्वजित तिवारी, सुनिता शर्मा, सुदिप कुमार भट्टराई, बिकास आचार्य, धु्रव बश्याल लगायतले फौजदारी न्यायको सुदृढीकरण, बालन्यायको प्रभावकारी कार्यान्वयन, मानव अधिकारको संरक्षणमा अदालत चनाखो बन्नु पर्नेमा जोड दिएका थिए । न्यायाधीश ढुंगानासंगको अन्तरक्रिया कार्यक्रममा अधिवक्ताहरुले नागरिकता लगायत अदालती फैसलाको कार्यान्वयन, वरिष्ठ अधिवक्ताको उपादीमा कानूनी मापदण्डको परिपालना, अपाङ्गमैत्री भौतिक संरचनाको निर्माण र पीडितमैत्री न्याय प्रणालीको विकास, न्यायपालिकाको बिकृती र बिसंगतिको अन्त्य लगायतका सवालमा आफ्ना भनाई राखेका थिए ।
कानून ब्यवसायीका कुरा सुनिसके पछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाले कानूनका सिमा कसैले नाघ्न नहुनेमा जोड दिए । अदालत मानव अधिकार प्रति प्रतिवद्ध रहेको उदाहरण प्रस्तुत गर्दै न्यायाधीश ढुंगानाले कोभिड संक्रमणका बेला बाल न्यायका बिषयमा, बन्दी प्रत्यक्षीकरणका मुद्दामा १५५ नं को निवेदनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशहरु हेर्न कानून ब्यवसायीलाई भनेका थिए । श्रीमान श्रीमती, घर परिवारमा सामान्य विवाद नोकजोक सबै तिर हुन्छ भन्दै नागरिक नागरिकको स्वतन्त्रताको रक्षा कानूनी शासनको स्थापना र मानव अधिकारको संरक्षणको लागि अदालत अनवरत रुपमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।