एमाले : नरैनापुर प्रमुखमा पदमावति र उपप्रमुखमा पञ्चरामको उम्मेदवारी

नेकपा एमालेले बाँकेको नरैनापुर गाउँपालिकाका लागि सोमबार दिउँसो उम्मेदवारी दर्ता गरेको छ । गाउँपालिका प्रमुख पदमावति यादव र उपप्रमुखमा पञ्चराम यादवको उम्मेदवारी दर्ता भएको नेकपा एमाले क्षेत्र नं. १ (क) का संयोजक सोहनलाल यादवले जानकारी दिएका छन् ।

नेकपा एमालेले नरैनापुर गाउँपालिकाको प्रमुख र एउटा वडाध्यक्ष महिलालाई बनाएको छ ।

नेकपा एमालेबाट अध्यक्ष पदमा नरैनापुर वडा नं. १ मा मलहे शेष, वडा नं. २ मा मैसर खाँ, वडा नं. ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र, वडा नं. ५ मा विनय दीक्षित दीक्षित, वडा नं. ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।

विभिन्न वडामा रहेको सम्पर्क कार्यालयबाट र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइएको थियो । त्यसक्रममा समर्थकहरुले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया