बन्ने भो शनिधाम

पशुपतिनाथको मुल भट्टद्वारा गनापुरमा शनि मन्दिरको शिलन्यास


बाँकेको जानकी, गनापुरमा भव्य शनिधाम मन्दिर बनाइने भएको छ । जानकी गाउँपालिका वडा नं ६ गनापुरमा शनिधाम मन्दिर बनाइन लागेको हो ।


शनिवार पशुपति नाथ मन्दिर काठमाडौका मूल भट्ट, रावल गणेश भट्टले शनिधाम मन्दिरको शिलन्यास गरेका छन् । मन्दिरको शिलन्यास गर्दै मूल भट्टले शनि मन्दिर निर्माणले नेपालगन्ज क्षेत्रको धार्मिक पर्यटनको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।

जानकी गाउँ पालिकाका प्रमुख स्वर्गीय रामनिवास यादव र उहाँका परिवार र गाउँलेहरुको सहयोगमा शनि मन्दिरका निर्माणका लागि नेपालगन्ज कोहलपुर सडक खन्डसंग जोडिएको करिब ९ कठ्ठा जग्गा प्राप्त भएको हो । मन्दिरमा ७ फिटको शनिको मूर्ति रहने छ । मन्दिरसंगै धर्मशाला पनि निर्माण हुने छ । शनि मन्दिरमा नियमित रुपमा भन्डारा सञ्चालन हुने शनि मन्दिर निर्माणमा सक्रिय बाबा भिमले जानकारी दिए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शनि मन्दिर निर्माणमा भक्तजनहरुका साथ र सहयोग आबश्यक रहेको बताए ।
नेपालगन्जका भक्तजन टेक बहादुर खड्का, सुर्यमणि अधिकारी, दिपक खड्का र किशन गुरुङ लगायतका भक्तजनहरुको साथ र सहयोगमा शनि मन्दिर निर्माण सुरु भएको बाबा भिमले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया