
रविन्द्र कर्ण
प्रमुख, मंगल छात्रा कलेल
कलेजमा कुन, कुन विषय अध्यापन गराइन्छ ?
व्यवस्थापन तर्फ बिबिए र बिबिएम, एजुकेशन तर्फ चार बर्षे बिएड, ल तर्फ पाँच बर्षे बिए एलएलबी, विज्ञान तर्फ ब्याचलर अफ कम्प्युटर एप्लिकेशन र ब्याचरल अफ इन्फरमेशन टेक्नोलोजी विषय अध्यापन गराइन्छ ।
भौतिक पूर्वाधारको अवस्था के छ ?
छात्रा कलेज तीन तल्लाको रहेको छ । जसमा कुल ४० वटा कोठा रहेका छन् । छात्रा कलेजका लागि मंगल प्रसाद माध्यमिक विद्यालयले १२ कठ्ठा जग्गा लिजमा उपलब्ध गराएको छ ।
करिब साढे ५ करोडमा बिल्डिङ्ग तयार भएको छ । प्रत्येक कक्षा कोठामा ६ वटा पंखा रहेका छन् । जेनेटेर राखिएको छ । कम्पाउण्ड हल, क्यान्टिन, साइकल स्टेण्ड बनेको छ ।
कलेज सञ्चालनको स्रोत के हो ?
नेपालगन्जमा जति पनि कलेज रहेका छन् तीनको तुलनामा मंगल छात्रा कलेजमा फि सस्तो रहेको छ । हाम्रो प्रयास रहनेछ, राम्रा विद्यार्थी आर्थिक अभावका कारण कलेजबाट फर्केर नजाउन् भन्ने । त्यसमा म प्रतिबद्धता पनि गर्दछु ।
पाँच बर्षे एलएलबी अलि खर्चिलो छ । त्यसका लागि प्रत्येक बर्ष ९० हजार फिस राखिएको छ । कोर्ष सकिंदा साढे ४ लाख रुपैयाँ फि लाग्नेछ । कलेज नाफा कमाउने उद्देश्यले सञ्चालन गरिएको होइन । भोलि कलेज सस्टेन्ड हुन थाल्यो भने सञ्चालक समितिको बैठक राखेर विद्यार्थीलाई थप सहुलियत पनि दिन सकिन्छ । बिसिए र बिआइटीका लागि २ लाख ७० हजार फिस राखिएको छ । कुनै पनि विद्यार्थी पैसाकै कारण अध्ययनबाट वञ्चित नहुन् भन्ने हाम्रो प्रयास रहनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाले यो बर्षका लागि ५० लाख रुपैयाँ बजेट दिएको छ । प्रशासन र शैक्षिक खर्चका लागि । थप १ करोड रुपैयाँ सम्बन्धनका लागि छुट्याइ दिएको छ । त्यसमध्ये २ लाख १२ हजार रुपैयाँ आवेदनमा खर्च गरेका छौं । झण्डै ६५ लाख अक्षयकोष राख्नु पर्ने हुन्छ । त्यसको पनि हामीले व्यवस्था गरेका छौं ।
कलेज सञ्चालन पनि कति छात्राले पढ्न पाउँछन् ?
कोटा तोकिएको छ । ६ वटा रहेको प्रत्येकमा ४० मान्दा २ सय ४० छात्राले पढ्न पाउँछन् । संख्या केही थपघट हुने भएकाले करिब ३ सयसम्म विद्यार्थीहरुको भर्ना पहिलो बर्षमा लिइनेछ । बिबिएस, बिएडमा कोटा, समेष्टर सिष्टम भएन भने सय विद्यार्थी पनि बढाउन सकिन्छ ।
कलेज सञ्चालनमा आएको र अध्यापन गरिने विषयबारे हामी टोलटोलमा गएर प्रचारप्रसार गर्नेछौं ।
मधेसी र मुस्लिम छात्राका लागि मात्रै हो कलेज ?
सबै छात्राका लागि कलेज हो । उद्देश्य मधेसी र मुस्लिम छात्रा उच्च शिक्षाबाट वञ्चित नहुन् भन्ने हो । तर, यसको अर्थ उनीहरुलाई मात्रै भर्ना लिने भन्ने होइन । यसमा पहाडि, दलित, सीमान्तकृत, मुस्लिम, मधेसी सबैलाई अध्यापन गराइने छ । कलेजमा सबै पढ्न पाउँछन् ।