घोषणापत्र बनाउँदै एमाले उम्मेदवार

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाका लागि नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालको नाम सर्वसम्मत सिफारिस गरेपछि उनीहरु निर्वाचन अभियानमा होमिएका छन् । ‘पार्टीले घोषणापत्र निर्माण कार्य अगाडि बढाएकाले त्यसमा विकासका एजेन्डाबारे बहस गरिरहेका छौं’, मंगलबार घोषणापत्रका लागि पार्टी नेताहरुसँग छलफल गरेको जानकारी दिंदै एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रले भने, ‘एक दुई दिनमै घोषणापत्रलाई अन्तिम रुप दिइनेछ ।’

मिश्रले आफु विकासको पक्षधर रहेको र ‘एमाले समृद्ध नेपालको नेतृत्वदायी पार्टी’ भएकाले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनाहरु उल्लेख हुने दाबी गरे । ‘अब राजनीतिका भन्दा विकासका कुरा घोषणापत्रले समेट्न जरुरी छ’, दैनिक नेपालगन्जसँग सम्पर्क गर्दै नगरप्रमुखका उम्मेदवार मिश्रले भने ।

उपप्रमुखकी उम्मेदवार ढकालले महिलाहरुका एजेन्डा घोषणापत्रमा समेटिउन् भन्नेका लागि समाजका विभिन्न क्षेत्रका महिलाहरुसँग छलफल, परामर्श गरिएको बताइन् । घोषणपत्रका लागि एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, निवर्तमान अध्यक्ष निरक गुरुङ्ग, युवा नेता राजेन्द्र कंडेल सहित विभिन्न क्षेत्रका विकास अभियन्ताहरु कसरतमा जुटेको एमालेलेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया