बस्तीमा आगलागी ११ घर नष्ट, झण्डै करोडको क्षति

बाँकेको राप्तीसोनारी–२ टिकुलीपुरस्थित नयाँ वस्तीमा भएको आगलागीले शुक्रवार दिउसो ११ घर जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, त्यसक्रममा चार गोठ सहित ९२ लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

स्थानीय सिताराम जैसीको घरबाट सुरु भएको आगो नियन्त्रणअघि ११ घरसहित चार गोठमा क्षति भएको थियो । सबैभन्दा ठुलो क्षति जैसीको भएको छ । उनले ५० लाखबढीको क्षति भएको प्रहरीलाई जानकारी दिएका छन् । आगलागी भएको सूचना पाउँनासाथ पुगेका ढकेरी प्रहरी चौकीको टोली र स्थानीय जनताले आगो नियन्त्रण प्रयास गरिरहँदा कोहलपुर प्रहरी टोली घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लका अनुसार, कोहलपुर र नेपालगन्जबाट पुगेका दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया