पर्यापर्यटनमा बाँके समृद्ध: नाट्टा अध्यक्ष सिग्देल

शम्शेरगन्जमा झण्डै पाँच करोड लगानीको होटल सञ्चालनमा

आन्तरिक तथा बाह्य पर्यटनका लागि बाँकेमा पर्याप्त पूर्वाधार तयार भइरहेको भन्दै नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले पर्यापर्यटनमा बाँके समृद्ध बन्दै गएको बताएका छन् ।

बाँके राष्ट्रिय निकुन्जमा आउने पर्यटक तथा राजमार्गका यात्रुलाई लक्षित गरि बाँकेको शम्शेरगन्जमा सञ्चालनमा ल्याइएको सुविधासम्पन्न होटल उद्घाटन गर्दै अध्यक्ष सिग्देलले होटल तथा रेष्टुरेन्टहरुले ‘मौलिक मेनु’ तयार गर्न र आफ्नै उत्पादनमा लाग्नुपर्ने बताए । ‘प्याकेजिङ मसाला र बाहिरको खाना ल्याएर खुवाउने भन्दा हामी आफ्नै उत्पादनमा लाग्नु आर्थिक रुपमा र राष्ट्रिय रुपमा पनि फाइदाजनक हुन्छ,’ भारतीय पर्यटकहरुलाई लक्षित गरेर भर्खरै पर्यटन महोत्सव आयोजना गरेका अध्यक्ष सिग्देलले भने, ‘आफ्ना मौलिक उत्पादन पर्यटकलाई खुवाएर सन्तुष्टि दिन सकिन्छ ।’

झण्डै पाँच करोड लगानीमा स्थानीय व्यवसायी बिष्णु बोहराले राप्तीसोनारी– ८ शम्शेरगन्जमा होटल प्रफेक्ट सञ्चालनमा ल्याएका हुन् । कोहलपुरपूर्व दाङको लमहीयता यति सुविधाको होटल पहिलो रहेको भन्दै बोहराले आवश्यकता अनुसार लगानी थप्दै जाने योजना सुनाए । कार्यक्रममा काँग्रेसका स्थानीय नेता तुलाराम खत्रीले राप्तीसोनारीमा पर्यापर्यटनको सम्भावनालाई मध्यनजर आवश्यक योजना अघि सार्न खोजिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया